News Category 2071/10/08

एमालेद्वारा आगजनी घटनाको भत्र्सना, दोषिमाथी कारवाहीको माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ माघ । 
नेकपा एमाले सप्तरीको पार्टी कार्यालयमा भएको आगजनी प्रति नेकपा एमाले सप्तरीले भत्र्सना गरेको छ । 
एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले विज्ञप्ती प्रकाशन गरी ३० दलिय मोर्चाले गरिएको आम हडतालको दिन एमाले पार्टी कार्यालयमा गरिएको आगजनीप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 
एमाले लोकतन्त्रमाथि विश्वास राख्ने सम्पूर्ण जनताको हकहितको लागि लड्ने नेता पार्टीको रुपमा स्थापित रहेको जनाउँदै लाखौ लाख नेपालीहरुको ढुकढुकी बन्न सफल एमाले जस्तो पार्टीको कार्यालयमा दिन दहाडै घटेको घटनामा अहिलेसम्म गृह प्रशासन मौन बसेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाको बास्तविक छानविन गरी दोषीमाथि आवश्यक कार्बाही गर्नुपर्ने जोडदार माँग गरिएको छ । 
त्यसैगरी एमालेका जिल्ला सचिव शम्भु यादवले एक विज्ञप्ती प्रकाशन गरी नकाव लगाएर आएका मोर्चाका कार्यकर्ताले गरेको आगजनिका कारण कार्यालयका समाग्रीहरु टेवुल, कुर्सी दराज र महत्वपूूर्ण आवश्यक कागजातहरु नष्ट हुनुका साथै आगजनिले भवनमा समेत क्षति पुगेको जनाउँदै तोडफोड र आगजनीबाट होइन जनमतमा प्रतिस्पर्धा गर्न मोचार्, दल तथा सवै राजनीतिक समुहलाई आह्वान समेत गरिएको छ ।
साथै यस्ता आपराधिक घटना रोक्न स्थानीय प्रशासन निष्कृय रहेको ठहर गर्दै उक्त घटनाको अविलम्ब छानवीन गर्न एवं दोषिलाई कानुनी कारवाही गरी क्षतिपूर्ति उपलब्ध गराउन स्थानीय प्रशासन सँग जोडदार माँग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट