News Category 2080/11/29

लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न

दैनिक समाचारदाता

लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 

    नागरिक समाज सवलिकरण परियोजना अन्र्तगत बालक्लब संजाल र युवाक्लब संजालसंग लागूऔषध प्रयोग बिरुद्ध परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
     सेभ द चिल्ड्रेनको सहयोग तथा खडक नगरपालिका र ईलाका प्रहरी कार्यालय कल्याणपुरको समन्वयमा सबल नेपाल सप्तरीले खडक नगरपालिकास्थित कल्याणपुरमा सो कार्यशाला गोष्ठी आइतबार आयोजना गरेको हो । 
    लागूऔषध प्रयोग बिरुद्ध परामर्श कार्यशाला गोष्ठीमा लागूपदार्थ दुव्र्यसनी बिरुद्ध ज्ञान सीप र धारणामा बिकास गर्नु, लागू पदार्थ दुव्र्यसनी सम्बन्धि नीति तथा कार्यविधिमा अभिमुखिकरण हुनु, लागुपदार्थ सेवन बिरुद्ध पैरवी गर्नु लगायतका उद्देश्यमाथि प्रकाश पारिएको थियो ।
    महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख अनिता साहको संयोजनमा सम्पन्न लागुपदार्थ दुव्र्यसनी बिषयक एक दिवसीय परामर्श कार्यशालामा ३५ जना बाल क्लब संजाल, युवा क्लब संजाल र बिभिन्न बिषयगत शाखाहरूको उपस्थिति रहेको थियो । 
    ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख सुभम अधिकारी र निरबहादुर आलेले सहजिकरण गरेका थिए । सो कार्यशालामा सहभागीहरुबाट बार्षिक योजना निर्माण गरि पालिकालाई हस्तान्तरण गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट