News Category 2080/11/29

चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति

दैनिक समाचारदाता

चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी एवं जसपाका नगर उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका छन् । 
    मंगलबार उनले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो आपत्ति जनाएका हुन् । “एक अनलाइनले केही दिनअघि मेरो नाम उल्लेख गरेर तस्करहरुसित प्रहरी प्रशासनको साठगाँठ गराएको र तस्करी गराउन सक्रिय रहेको भन्दै समाचारमा प्रकाशन गरेको छ”, उनले भने, “समाचारमा मेरो फोटो समेत राखेर प्रकाशन गरेकोमा म त्यसलाई प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।” 
    आफ्नो साइनो सम्बन्ध नरहेको विषयलाई जोडेर लेखिएको भ्रामक समाचारको क्रममा आफूलाई एक वचनसमेत नसोधी पत्रकारिताको मर्म विपरितको काम गरेको उनले दाबी समेत गरे । 
    कपोकल्पित समाचारमा आफ्नो नाम उल्लेख गरेर मानसिक रुपमा पिडा, चरित्र हत्या र समाजिक तथा राजनीतिक जिवन नै समाप्त पार्ने प्रयास गरिएको भन्दै उनले बास्तविक्ता उजागर गरिदिन संचारकर्मीहरु सँग आग्रह समेत गरेका छन् । 
    उनले राजनीतिक पुर्वाग्रह र कुनै रिसइवीका कारण विपक्षीको उक्साहटमा यस्तो भ्रामक र कपोकल्पीत समाचार लेखिएको भन्दै कारवाहीका लागी प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तथा आम संचार प्राधिकरण मधेश प्रदेशमा उजुरी दिइएको जानकारी समेत दिएका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट