News Category 2080/11/30

निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित

दैनिक समाचारदाता

निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 

    राजविराज जेसीजले बुधबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । 
    राजविराज जेसीजको आयोजना र शमा आई केयर सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको आँखा जाच गरिएको थियो । 
    शिविरमा केशो अनिरुद्धवती माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड उच्च माध्यमिक विद्यालय तथा क्षितिज एजुकेसनल फाउन्डेसनका विद्यार्थी र शिक्षकहरूको आँखा जाँच गरिएको राजविराज जेसिजका अध्यक्ष विप्लव आनन्दले जानकारी दिएका छन् । 
    सम्पन्न शिविरमा ९० जना विद्यार्थी, ५ जना शिक्षक र ६ जना जेसीज सदस्य समेत गरेर १ सय १ जनाको आँखा जाँच गरि लाभान्वित भएको कार्यक्रम संयोजक सौरभ सिंहले बताए ।
    उक्त अवसरमा विद्यार्थीहरुको दृष्टि परिक्षण सँगसँगै आँखाको भित्री भागहरू दृष्टी नसा, रेटिनालगायतको समेत जाँच गरिएको राजविराज जेसीजका महासचिव पंकज कुमार देवले जानकारी दिए ।
    शिविर सम्पन्न पश्चात् आयोजित कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्दले शैक्षिक संस्थाका विद्यार्थी र शिक्षकहरूको लागि आँखा जाँच कार्यक्रम आयोजना गरेर राजविराज जेसीजले रचनात्मक कार्यको सुरुवात गरेको बताए । उनले युवाहरूको नेतृत्व व्यक्तित्व विकासमा क्रियाशील राजविराज जेसीजले सामाजिक र पर्यटन प्रवर्द्धन लगायतका गतिविधि प्रभावकारी रहेको दाबी समेत गरे । 
    कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर कुमार पोखरेल र नानी मैया कट्वाल लगायतले निःशुल्क आँखा जाँच कार्यक्रमको आयोजना गरेर राजविराज जेसीजले विद्यार्थीहरूको आँखामा भएको समस्याले पढाइमा कस्तो प्रभाव पर्ने बारे रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट