News Category 2080/12/01

पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु

दैनिक समाचारदाता

पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु

दैनिक समाचारदाता
राजविराज, १ चैत ।

    राजविराज नगरपालिकाले पशु चौपायालाई विभिन्न रोगबाट जोगाउन र पशुपालक किसानलाई राहत प्रदान गर्ने उद्देश्यले पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु गरेको छ । 
    पशुपंक्षी विकास शाखामार्फत पहिलो चरणमा नगरक्षेत्रका किसानहरुसँग रहेको बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाउने काम विहीवारदेखि सुरु गरिएको हो । 
    अभियान अन्तर्गत नगरक्षेत्रका पशुपालकसँग रहेको झण्डै ६ हजार बाख्रालाई उक्त खोप लगाउने तयारी भएको नगरपालिकाको पशुपंक्षी विकास शाखाका प्रमुख परमेश्वर यादवले जानकारी दिए । 
    दोश्रो चरणमा गाईवस्तुमा हुने खोरेत रोग विरुद्धको खोप लगाईने तयारी भईरहेको उनले जानकारी दिएका छन् । अभियान अन्तर्गत नगरपालिकाबाट पशुचिकित्सक र प्राविधीकको टोली पुगेर खोप लगाउने तथा पशु रोग विरुद्ध पशुपालकलाई सचेत पार्ने काम पनि सुरु भएको कार्यवाहक नगर प्रमुख इसरत परवीनले बताइन । 
    नगरपालिका क्षेत्रका सबै १६ वटै वडामा संचालन हुने यो अभियानले पशु चौपायाको सुरक्षा र पशुपालक किसानको लगानी सुरक्षित हुने विश्वास गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट