News Category 2080/12/02

सरकारी कागजात किर्ते गरी फरार रहेका मध्येका एक लेखापढी व्यवसायी पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ चैत ।

    सरकारी लिखत किर्ते गरी संगठित रुपमा ठगी गरेको मुद्दाका फरार आरोपी मध्येका एक लेखापढी व्यवसायीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ३६ वर्षिय शंकर प्रसाद यादव छन् । उनी भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीका लेखापढी व्यवसायी हुन । गोप्य सूचनाका आधारमा बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डिराज नेउपानेले प्रहरीको फरार सुचीमा रहेका उनलाई शुक्रवार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको बताए ।
    माघ २७ गते राजविराजस्थित एनआइसी एशिया बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनी र सोही आधारमा २ करोड ८० लाख ऋण स्विकृत गराई २ करोड ३० लाख रुपैया बैंकबाट झिकि ठगी गरेको आरोपमा प्रहरीले बैंकका प्रबन्धक सन्तोष यादवसहित १० जनाबिरुद्ध सरकारी लिखत किर्ते गरी संगठित रुपमा ठगी गरेको आरोपमा मुद्दा चलाएको थियो ।
    मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी भएसंगै उनीहरु फरार भएका थिए । सो प्रकरणमा मुछिएका बैंकका प्रबन्धक यादव, भुमिसुधार तथा मालपोत कार्यालयका कम्प्युटर अपरेटर दिपक शर्मा र व्यवसायी मो.समसाद मंसिर १० गते नै प्रहरीमा उपस्थित भएका थिए । 
    अदातलको आदेशमा हाल उनीहरु पुर्पक्षका लागी राजविराज कारागारमा छन । उक्त अपराधमा संलग्न अन्य फरार आरोपीको खोजी कार्य जारी रहेको प्रहरीेले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट