News Category 2080/12/05

सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित

दैनिक समाचारदाता

सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 

    ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरमद्वारा सप्तरीका मानव अधिकारकर्मी सुनिता साह ‘क्रान्ति’ र सामाजिक अभियान्ता अनवर अली सम्मानित भएका छन् । 
    भारतको गुहाटीमा उक्त संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दुबै जना सम्मानित भएका हुन् । 
    संस्थाको संस्थापक अध्यक्ष महानन्द सरकार दत्ताले अधिकारकर्मी साहलाई सुभाष चन्द्र बोस फेलोसिप र सामाजिक अभियान्ता अनवर अलिलाई डा. एमबेडकर ग्लोबल फेलोशिपबाट सम्मानित गरे । 
    विश्वभर मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका दक्षिण एसियामा क्रियाशील सामाजिक अभियन्ताहरुलाई विभिन्न अवार्ड प्रदान गरिएको छ ।
    मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एकसलेनसी सर्भिस एवार्ड, नबल किसोर साहलाइ भुपेन हजारिका फेलोसिप, गीता पासवान, सिकिन पासवान, बिभा पासवान, कामेश्वर प्रसाद साहलाई डा. एमबेडकर ग्लोबल फेलोशिप र प्रमिला गिरीलाई आलोक बेनरजी ग्लोबल फेलोशिप एवार्डबाट संस्थाको संस्थापक अध्यक्ष दत्ताले सबैलाई सम्मनित गरेका हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट