News Category 2080/12/07

कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता

कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    चोरी मुद्दामा अदालतबाट कैद जरिवाना तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा राजविराज वडा नं. १३ विषहरियाका ५० वर्षिय रामकुमार राम छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चोरी मुद्दामा जिल्ला अदालत सप्तरीले रामलाई ५ हजार जरिवाना र २० दिन कैद सजाय तोकेको थियो । 
    उनलाई गाउँ घरमै लुकिछिपि बसेको अवस्थामा बुधबार पक्राउ गरि जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेलेल जानकारी दिएका छन् । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट