News Category 2080/12/16

महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो

दैनिक समाचारदाता

महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा राजविराज शाखाले रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ । 
    पत्रकार महासंघ शाखा सप्तरीले शुक्रवार गजेन्द्र नारायण सिह अस्पताल परिसरमा रेडक्रस सोसाईटी शाखाद्वारा संचालित रक्त संचार सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा पत्रकार महासंघका पूर्वसचिव जीतेन्द्र झा, वर्तमान सहसचिव गोपाल प्रसाद गुप्ता, पत्रकार रामशंकर भण्डारी तथा सशस्त्र प्रहरी अर्जुन सिह दनुवार, राज कुमार माझी र कुमार कार्कीले रक्तदान गरेको पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण कुमार देवले जानकारी दिए । 
    गर्मी बढीरहेको वेला रक्त संचार सेवा केन्द्रमा पनि रगतको अभाव रहेको केन्द्रका इन्र्चाज नविन झाले बताए । रगतका कारण कुनै पनि ब्यक्तीको मृत्यु नहोस भन्ने उद्देश्यका साथ स्थापना दिसमा यस्तो कार्यक्रम रोजिएको अध्यक्ष देवले बताए । 
    कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा सहित पत्रकार महासंघको पदाधिकारी, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट