News Category 2080/12/29

दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा

दैनिक समाचारदाता

दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 

    दशकौदेखी वसोवास गर्दै आएका जग्गाको लालपूजा नहुदा विभिन्न खाले समस्या झेलिरहेका ५१ जनाले बुधवार धग्गाधनीको लालपूर्जा (जग्गाधनी दर्ता प्रमाण पत्र) प्राप्त गरेका छन् । 
    राजविराज नगरपालिका वडा नं. ६ कार्यालयको पहलमा नापी कार्यालयले एक कार्यक्रमबीच उनीहरुलाई लालपूर्जा प्रदान गरेको हो । यसरी लालपूजा पाउनेहरुमा २७ पूरुष र २४ महिला छन् । 
    राजविराज नगरपालिका वडा नं. ६ कार्यालयको आयोजना तथा नापी कार्यालय र ३ नम्बर नापी टोली राजविराजको संयोजनमा गरिएको कार्यक्रममा नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, ३ नं नापी टोलीका प्रमुख सतिश कुमार यादव, वडा ६ का अध्यक्ष शशी चौधरी, वडा ८ का अध्यक्ष जयनारायण मण्डल, वडा ७ का अध्यक्ष सुभाष चन्द्र यादव लगायतले जग्गाधनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरेका थिए ।
    तत्कालिन बोरिया गाविस हाल राजविराज नगरपालिका ६ मा मात्रै ४ सय भन्दा बढी स्थानीय वासीन्दा जग्गाधनी प्रमाण पत्र पुर्जाबाट बन्चित रहेकोमा आवश्यक प्रक्रिया पुरा गरी पहिलो चरणमा ५१ जनालाइ लालपूर्जा प्रदान गरिएको र बाँकि रहेकाहरुलाई पनि प्रक्रिया पुरा गर्दै क्रमिकरुपमा प्रदान गरिने नापी कार्यालयका प्रमुख मिश्रले जानकारी दिए । 
    गाउँ ब्लकको जग्गामा बाबुबाजेको पाला देखी वसोवास गर्दै आएको सो वडाका ४ सय भन्दा बढी वडावासी अझै लालपूजा नपाउँदा समस्या भोगिरहेको भन्दै वडाअध्यक्ष शशि चौधरीले बाँकि रहेका वडावासीलाई समेत जग्गाधनी प्रमाण पत्र दिलाउन आफुले आवश्यक पहल थालेको बताए । 
    आफुले जिम्मेवारी सम्हालेपछि सूरु गरेको प्रयास बल्ल सफल हुन थालेको भन्दै उनले आफ्नो कार्यकालमा विवादित बाहेक सबै गाउँब्लक जग्गाका धनीहरुलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता समेत जनाए । 
    यता वर्षाै देखी लालपुर्जा नपाएका कारण राजविराजका नगरपालिकाका ५ हजार परिवार अहिले पनि समस्या मै छन् । विटौरी जग्गाको समस्या पनि यसरी नै समाधान हुनु पर्ने उनीहरुको माग छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट