News Category 2071/10/16

दुई छुट्टाछुट्टै गविसमा आगलागि हुँदा लाखौंको क्षति

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ माघ । 
सप्तरीको दुई छुट्टाछुट्टै गाविसमा आगलागी हुदाँ लाखौको क्षति भएको छ । 
जिल्लाको २ न.योगिनिया गाविस वडा न. ४ मा आगलागी हुदाँ चार वटा घर जलेर करिब ५ लाखको क्षति भएको छ । 
स्थानीय बंशी रजकको गाईको गोठमा बालिएको घुरबाट अचानक आगलागी हुँदा रजकको एउटा घर तथा घरमा रहेका सम्पुर्ण सरसमान र एउटा पारो समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
त्यस्तै सोही ठाउँका खतुनी मन्सुरीको दुई घर तथा छिमेकी डम्बर शर्माको एक घर गरी चार वटा घर तथा घरमा रहेको नगद, गरगहना, लत्ताकपडा, धान, चामल, गहुँ समेत जलेर नष्ट भई सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो । 
यसैगरी जिल्लाको रम्पुरा मल्हनिया गाविस ८ मा आगलागी हुदाँ एउटा घर जलेर करिब एक लाख मुल्य बराबरको क्षति भएको छ । स्थानीय कमलेश्वर मण्डलको गाईको गोठमा बालिएको घुरबाट अचानक आगलागी हुदाँ मण्डलको एउटा घर जलेर नष्ट भई सो मुल्य बराबरको क्षति भएको प्रहरी चौकी रम्पुरा मल्हनियाका असय मदन बहादुर यादवले जानकारी दिनुभयो । 
आगलागी स्थानीयबासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट