News Category 2081/05/27
आत्महत्या घट्ना न्यूनिकरणका लागी १८ वटै पालिकामा “ग्रासरुट अभियान”
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
आत्महत्या घट्ना न्युनिकरणका लागि सप्तरीको १८ वटै पालिकामा ग्रासरुट अभियान संचालन हुने भएको छ ।
विहीवार प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीको कार्यकक्षमा वसेको जिल्ला आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समितिको बैठकले आत्महत्या घटना न्यूनिकरणका लागी “ग्रासरुट कार्यक्रम” गाउँ गाउँ सम्म लैजाने निर्णय गरेको हो ।
समितीका संयोजक जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख गजुसिद्धी बज्राचार्यको अध्यक्षता तथा समितीका सल्लाहकार प्रमुख जिल्ला अधिकारी मग्रातीको प्रमुख अतिथ्यमा वसेको समितीको बैठकले आत्महत्या भयाबह समस्याको रुपमा देखिएकाले यसका लागी आत्महत्या न्यूनिकरण अभियान ग्रास रुट कार्यक्रममार्फत गाउँ गाउँमा पु¥याउने निर्णय गरेको छ ।
बैठकले ग्रास रुट कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागी जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख जागेश्वर प्रसाद खड्गाको संयोजकत्वमा जिल्ला स्तरीय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल समेत गठन गरेको छ ।
कार्यदलको सहसंयोजकमा गजेन्द्र नारायण सिह अस्पतालका चिकित्सक डा. डिकेन्द्र यादव, उपाध्यक्षमा गैसस महासंघका अध्यक्ष दिपक झा तथा सदस्यसचिवमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक संतोष रसाईली रहेका छन ।
यस्तै सदस्यहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज कुमार माझी, महिला संजालकी मालती देवी सदा, एफएम संचालकको तर्फबाट करुणा झा, सामुदायीक सेवा केन्द्रका धीरेन्द्र दास, जिल्ला आर्यूवेद स्वास्थ्य केन्द्रका डा.भोला प्रसाद साह, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विजय कुमार मण्डल, नेपाल रेडक्रस सोसाईटी शाखाका ब्रह्मदेव यादव, उधोग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेती, स्वास्थ्यकर्मी मनिषा सिम्खडा र समाजिक यूवा क्लबका प्रज्वल सिंह रहेका छन ।
बंैठकले आत्महत्या न्यूनिरकण तथा व्यवस्थापन कार्य योजना २०८१ को परिच्छेद ३ (क) अनुसार जिल्लामा सचेतना र घटनान्यूनिकरणका लागी सुचना डेस्क, सुचना संकलन डेस्क, सुचना विश्लेषण र सम्प्रेषण डेस्क र सहायता टोली तथा वडामा ग्रासरुट अभियान प्रभावकारी कार्यान्वयन र संचालनका लागी पालिका तथा वडास्तरीय आत्महत्या न्यूनिकरण र व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा सहभागीले जिल्लाको १८ पालिका मध्ये कंचनरुप नगरपालिकामा मात्र मनोपरार्मश दाताको नियुक्ती रहेकोमा चिन्ता ब्यक्त गर्दैै बाकी १७ पालिकामा समेत मनोपरार्मश दाताको नियुक्ती गर्न सकिए आत्महत्या घट्ना न्यूनीकरणमा मद्दत पुग्ने बताएका थिए । कतिपय सहभागीले बजारमा जथाभावी बिक्रि वितरण हुने विषादी र त्यसको प्रयोगले पनि आत्महत्याको घट्ना बढ्दै गएको भन्दै सचेतना मूलक कार्यक्रम संगै विषादी बेचविखन गर्ने पसलको अनुगमन गरी विषादी बिक्री प्रकृयालाई अलि कडा बनाईनु पर्ने सुझाव समेत दिएका थिए ।
सप्तरीमा २०७८÷०७९ मा झुण्डिएर विष सेवन गरेर र आगो लगाएर १ सय १५, २०७९÷०८० मा १ सय ३६ र ०८०÷०८१ मा १ सय ७ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ