News Category 2081/06/22
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
लागु औषधको प्रयोग तथा यसमा फसेका युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले प्रहरीले विद्यालयहरुमा लागुऔषध बिरुद्ध प्रशिक्षण दिएको छ ।
लागु औषधको प्रकार, प्रभाव, कानुनी व्यवस्था र लागु औषध प्रयोगबाट बच्ने उपायबारे प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
मंगलबार राजविराजस्थित ह्यापील्याण्ड बोर्डिङ स्कुलमा कक्षा संचालन गरि विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुलाई सहभागि गराई गरिएको प्रशिक्षण कार्यक्रममा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले लागु औषधको परिचय, प्रकार, लक्षण, यसबाट बच्ने उापय र लागु औषधी सम्बन्धी कानुनी व्यवस्था बारे प्रशिक्षण दिएका थिए ।
सो अवसरमा उनले पछिल्लो समय यूवाहरुमा बढ्दो लागु औषध सेवनले आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरुलाई सचेत गराउने र यस्ता कुलतबाट जोगाउन विद्यालयहरुमा प्रशिक्षण कार्यक्रम थालिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रताीले विद्यार्थीहरु मार्फत यो कार्यक्रमलाई समाजमा लैजादा घरपरिवार र समाजमा सन्देश लैजान सहज हुने भन्दै सहभागि विद्यार्थीहरुलाई लागु औषध प्रयोग नगर्न र यसबाट हुने हानी नोक्सानी बारे अरुलाई पनि सम्झाउन अनुरोध गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ