News Category 2081/07/05
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ७ स्थित हनुमानगर बजारमा २७ बर्ष अघि सुरु भएको खानेपानी आयोजनाको निर्माण कार्य अझ सम्पन्न हुन सकेको छैन ।
स्थानिय स्वास्थ्य चौकी परिसरमा बि.स. २०५४ सालमा निर्माण कार्य थालिएको खानेपानी आयोजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानियले बताएका छन् ।
तत्कालिन हनुमानगर गाउँ बिकास समितिको पहलमा निर्माण थालिएको उक्त आयोजना अझै पुरा हुन नसक्दा शुद्ध खानेपानीबाट हनुमाननगरबासी बञ्चित हुँदै आएका छन् । देशमा संघीयता आएपछि सडक निर्माण, बत्ति, बजारीकरणमा बृद्धि भएपनि हनुमाननगरवासी खानेपानीबाट बञ्चित छन् ।
स्थानीय बेचन खड्गाले नगरपालिकाले पनि यसप्रति कहिले गम्भिरता नदेखाएकोले हामी खानेपानी पिउनबाट बञ्चित भएका छौं, उनले भने, “ आयोजना सम्पन्न भएमा यस क्षेत्रका करिब दश हजार भन्दा बढी जनता लभान्वित हुनेछन् ।”
उनले भने “स्वास्थ्य चौकी नजिकै निर्माण सुरु गरिएको शुद्ध खानेपानी निर्माण भए स्वास्थ्य सेवा लिन आउने आमजनताले पनि शुद्ध खानेपानी पाए राम्रो अनुभुति पाउन सक्ने छन् ।”
खानेपानी ट्याङ्की ७५ प्रतिशत निर्माण भइसकेको तर, राजनैतिक खिचातानीले अहिलेसम्म ओझेलमा परेको अर्का स्थानिय राजेन्द्र मिश्रले बताए । उनले भने, “पानी ट्याङ्की निर्माण गरेर पाइप लाइन बिछाउने कार्य अधुरै रहेको छ, पाइपलाईन तानेर शुद्ध पानी दिन अहिलेसम्म नसकिएको कारण नगरबासी आइरनसहितको ट्युवेलका पानी खान बाध्य रहेका छन् ।”
करिब ३ करोडको लागतमा निर्माण थालिएको खानेपानी पहिलो किस्तामा केही काम भएर १०÷१५ बर्षदेखि बिभिन्न राजनैतिक खिचातानी र उपभोक्ता गठनमा बाधा अवरोध भएर ओझेलमा परेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले २८ लाखको टेन्डर आह्वान गरेपछि पुनः निर्माण कार्य थालिएको तर, हाल दुई÷चार बर्ष यता फेरी काम ठप्प हुनाले आयोजना पुरा हुन सकेको छैन । यस्तै दोश्रो पटक पुनः टेन्डर आह्वान गरेपछि शान्ति निर्माण सेवा फर्सैठले बि.स. २०७४ सालमा ठेक्का पाएको थियो ।
उक्त निर्माण सेवाले काम सुरु गरे पनि १३ लाख भुक्तनी नपिाएपछि निर्माण कार्य ठप्प भएको थियो । समयमा भुक्तनी नपाएपछि आफुहरु काम गर्न असमर्थ रहेको उक्त निर्माण सेवाका संचालक नारायण यादवले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले म्याद नथपेका कारण समेत खानेपानी निर्माण अवरुद्ध भएको छ । त्यहाँ ५ लाखको पाइप, सिमेन्ट, १ हजार पिस बाँस लगायतका सामानहरु आठ बर्षदेखि अलपत्र अवस्थामा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ