News Category 2081/07/19
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
कायस्थ जातिको आराध्य भगवान चित्रगुप्त हातको पुजित कलम यस वर्ष एक लाख ५ रुँपैयामा बिक्री भएको छ ।
हरेक वर्ष चित्रगुप्त सेवा समिति राजविराजले भाइ टिकाको दिन हुने वार्षिक पुजामा सो कलम डाक बढाबढ प्रक्रियाबाट बिक्री गर्दै आएको हो ।
यस वर्ष चित्रगुप्त पुजाका लागि ल्याईएको कलम समितिले ११ हजार ५ सय ५५ न्युनतम मुल्य राखी बिक्री शुरु गर्दा डाक बढाबढ हुँदै एक लाख ५ रुँपैयामा राजविराज २ निवासी अध्यापन पेशामा रहेका आशिष कुमार कर्णले डाक साकार गरि कलम लिएका हुन् ।
विगत ३६ वर्षदेखी प्रत्येक बर्ष नयाँ कलम ल्याई भगवान चित्रगुप्तको हातमा राखेर पुजा गरिने र पुजित कलम लिन धेरै जनाले इच्छा राख्न थालेपछि समितिले डाक बढाबढ प्रक्रियाबाट कलम बिक्री गर्दै आएको छ ।
चित्रगुप्तको हातमा राखेर पुजा गरिएको कलमको बिक्रीबाट आउने रकम समितिले कोषमा जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको समितिका महासचिव रन्धिर कुमार कर्णले जानकारी दिए ।
सोही अवसरमा समितिले मावि स्तरका ८ जना र उच्च स्तरका ४ जना जेहेन्दार विद्यार्थीलाई क्रमशः रु. ३ र रु. ५ हजार जनही छात्रबृत्ति प्रदान गरेको छ । छात्रबृत्ति पाउने मावि स्तरका विद्यार्थीहरुमा जागृती कर्ण, श्रृष्टि कर्ण, शुभम कुमार कर्ण, अमृत दत्त, कुणाल लाभ, अमन मल्लिक, दिपिका कर्ण र सत्यम कर्ण रहेका छन् भने उच्च स्तरमा हिमानी कर्ण, कृतिका कर्ण, आरती श्रीवास्तव र विवेकचन्द्र दास रहेको चित्रगुप्त सेवा समितिले जनाएको छ ।
वार्षिक पूजाको अवसरमा कायस्थ बालबालिकाहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजित गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ