News Category 2081/07/21
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
प्रहरीले बैकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ का ३६ वर्षिय चन्दन कुमार सिंह छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले बुधवार उनलाई गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको हो ।
जग्गा किन्ने नाउँमा सोही ठाउँ निवासी भगवानलाल यादवसँग ४८ लाख ७५ हजार रुपैया सापटी लिएका सिंहले फिर्ता गर्न आलटाल गर्दै आएको र धेरै समय पछी त्यती रकम बराबरको दिएको चेक पनि बाउन्स भएपछी यादव प्रहरीमा पुगेका थिए ।
प्रहरीले बैकिङ कसुरमा परेको जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएपछी अदालतबाट सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यस्तै बुधवारै कुटपिट मुद्दाका दुई फरार प्रतिवादी समेत पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का अजय कुमार खङ्ग र विजय मण्डल छन । दुबै जनालाई कैद÷जरिवाना भुक्तानका लागी सप्तरी जिल्ला अदालत समक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ