News Category 2081/07/27
कवि गोष्ठी आयोजना
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
विद्यापति स्मृति पर्वको अवसरमा मैथिली साहित्य परिषद् सप्तरीले मंगलवार कवि गोष्ठीको आयोजना गरेको छ ।
तीन दिवसिय विद्यापति स्मृति पर्व मनाउने कार्यक्रम अन्तर्गत पहिलो दिन कवि गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा शुभकामना मन्तव्य राख्दै मैथिली साहित्य परिषद्का अध्यक्ष एवं प्रमुख अतिथि अवधेश कुमार झाले तीन दिवसिय कार्यक्रमलाई सफल बनाउन सबै मिथिला मैथिली अभियानी लाग्नुपर्नेमा जोड दिए ।
मातृभाषा मैथिलीको संरक्षण सम्बद्र्धन गर्नु सबै मातृभाषीको दायित्व भएको बताउँदै उनले स्वस्फूर्त रुपमा सहभागिता जनाई विद्यापति स्मृति पर्व लाई भव्यताका साथ मनाउनमा सहयोग गर्न आग्रह गरे ।
परिषद्का पुर्व सचिव अजय कुमार झाले विद्यापति बसेको बनौलीबारे अन्वेषण हुनुपर्ने माग गरे । उनले विभिन्न इतिहासकारहरुले विद्यापतिको प्रवास स्थल सप्तरीको बनौली नै रहेको स्पष्ट पारिसकेको भएपनि सिरहा र महोत्तरीको बनौली भनेर केही व्यक्तिहरुले मैथिलहरुको बीचमा दुरी बढाउने काम गरिरहेकोले अन्वेषण आवश्यक रहेको बताए ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्णले विद्यापतिको प्रवास स्थलबारे पुरातात्विक विभागले अन्वेषण नगरेकै कारण विद्यापति र बनौलीको नाममा सरकारी बजेट समेत खर्च भईरहेको प्रति असंतुष्टि पोखे ।
कवि गोष्ठीमा युवा कविहरु अझै सहभागिता गराएर मैथिली साहित्यमा सृजनशीलता बढाउन परिषद्लाई अझै सक्रियताका साथ लाग्न आग्रह गरे ।
विद्यार्थी युवा परिषद राजविराजको संयोजनमा मैथिली साहित्य परिषदले आयोजना गरेको कवि गोष्ठीमा अभय मैथिल, राजीव झा, जिल्ला समन्वय समिति सप्तरीका प्रशासकीय अधिकृत कुन्दन कर्ण, गंगा साह, शिक्षक मञ्जु श्रेष्ठ, परिषद्का उपाध्यक्ष राजकुमार लाल दासले मैथिली कविता प्रस्तुत गरेका थिए भने गायिका सुष्मा झा र किरण झाले विद्यापति गीत गाएकी थिईन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ