News Category 2081/08/11
विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा
दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडामा वडाअध्यक्ष पदका लागी हुने निर्वाचनका लागि अहिले विभिन्न दल मत आफ्नो पक्षमा पार्न अन्तिम चरणको प्रचारमा जुटेका छन् ।
चुनावी मैदानमा उत्रेका सबै उम्मेदवार र दलका नेताहरु घर दैलो सहित मतदातालाई आप्mनो पक्षमा पार्न अन्तिम चरणको कसरतमा जुटेका छन । सबै उम्मेदवारले वडामा देखिएका समस्या समाधान गरी विकासको लहर ल्याउने दाबी गरेका छन ।
उक्त पालिकाको वडा नं. १ र ४ गरी दुई वडामा वडाअध्यक्ष पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुदैछ । निर्वाचन हुने ती दुबै पदमा यस अघि नेपाली काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद रायले चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी उपनिर्वाचन हुन लागेको हो ।
काँग्रेसले वडा नम्बर १ मा भुलिया देवी चौधरीलाई उम्मेदवार बनाएको छ । उनी दिगंवत निवर्तमान वडाअध्यक्ष प्रितम लाल चौधरीकी श्रीमती हुन । यस्तै वडा नम्बर ४ बाट काँग्रेसले जोगेन्द्र प्रसाद रायलाई उम्मेदवार बनाएको छ । यस अघि दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम राख्न र निरन्तरता दिन काँगेसमाथी चर्काे दबाव छ ।
जनमत पार्टीले वडा नं.१ बाट शैलेन्द्र कुमार साह र ४ बाट उदय नारायण पण्डितलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले वडा नं. १ बाट भगवानी साह र ४ बाट संजय कुमार यादवलाई उम्मेदवार बनाउँदा नेकपा माओवादी केन्द्रले वडा नं.१ बाट प्रमोद कुमार सन्त र ४ बाट भागवत रामलाई उम्मेदवार बनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बडा नं.१ बाट धिरेन्द्र कुमार साह र ४ बाट देवेन्द्र प्रसाद यादवलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं.१ बाट सतिष कुमार चौधरी थारु र ४ बाट राम कुमार यादवलाई चुनावी मैदानमा उतारेको छ भने नागरिक उन्मुक्ती पार्टीले वडा नं १ बाट अनरुद्ध प्रसाद चौधरी र ४ बाट शिव कुमार रामलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भई अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले वडा नं ४ बाट मात्र आप्mनो उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । सो पार्टीका तर्फबाट रविन्द्र यादव चुनावी मैदानमा छन ।
यहाँ वडा नं. १ बाट सुशिल साहले स्वतन्त्र उम्मेदवारी दिएका छन । यसरी दुई पदका लागी हुने उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन ।
यहाँ नाम चलेका अन्य पार्टीहरु मध्ये नेकपा एकिकृत समाजवादी, आम जनता पार्टी (आजपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललगायतका दलहरुबाट कुनै उम्मेदवारी परेको छैन ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं १ मा २ हजार ६ सय ३५ र वडा नंं४ मा १ हजार २ सय ८१ मतदाता छन । मतदानका लागी ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ