News Category 2081/08/11
विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा

दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडामा वडाअध्यक्ष पदका लागी हुने निर्वाचनका लागि अहिले विभिन्न दल मत आफ्नो पक्षमा पार्न अन्तिम चरणको प्रचारमा जुटेका छन् ।
चुनावी मैदानमा उत्रेका सबै उम्मेदवार र दलका नेताहरु घर दैलो सहित मतदातालाई आप्mनो पक्षमा पार्न अन्तिम चरणको कसरतमा जुटेका छन । सबै उम्मेदवारले वडामा देखिएका समस्या समाधान गरी विकासको लहर ल्याउने दाबी गरेका छन ।
उक्त पालिकाको वडा नं. १ र ४ गरी दुई वडामा वडाअध्यक्ष पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुदैछ । निर्वाचन हुने ती दुबै पदमा यस अघि नेपाली काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद रायले चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी उपनिर्वाचन हुन लागेको हो ।
काँग्रेसले वडा नम्बर १ मा भुलिया देवी चौधरीलाई उम्मेदवार बनाएको छ । उनी दिगंवत निवर्तमान वडाअध्यक्ष प्रितम लाल चौधरीकी श्रीमती हुन । यस्तै वडा नम्बर ४ बाट काँग्रेसले जोगेन्द्र प्रसाद रायलाई उम्मेदवार बनाएको छ । यस अघि दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम राख्न र निरन्तरता दिन काँगेसमाथी चर्काे दबाव छ ।
जनमत पार्टीले वडा नं.१ बाट शैलेन्द्र कुमार साह र ४ बाट उदय नारायण पण्डितलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले वडा नं. १ बाट भगवानी साह र ४ बाट संजय कुमार यादवलाई उम्मेदवार बनाउँदा नेकपा माओवादी केन्द्रले वडा नं.१ बाट प्रमोद कुमार सन्त र ४ बाट भागवत रामलाई उम्मेदवार बनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बडा नं.१ बाट धिरेन्द्र कुमार साह र ४ बाट देवेन्द्र प्रसाद यादवलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं.१ बाट सतिष कुमार चौधरी थारु र ४ बाट राम कुमार यादवलाई चुनावी मैदानमा उतारेको छ भने नागरिक उन्मुक्ती पार्टीले वडा नं १ बाट अनरुद्ध प्रसाद चौधरी र ४ बाट शिव कुमार रामलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भई अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले वडा नं ४ बाट मात्र आप्mनो उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । सो पार्टीका तर्फबाट रविन्द्र यादव चुनावी मैदानमा छन ।
यहाँ वडा नं. १ बाट सुशिल साहले स्वतन्त्र उम्मेदवारी दिएका छन । यसरी दुई पदका लागी हुने उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन ।
यहाँ नाम चलेका अन्य पार्टीहरु मध्ये नेकपा एकिकृत समाजवादी, आम जनता पार्टी (आजपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललगायतका दलहरुबाट कुनै उम्मेदवारी परेको छैन ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं १ मा २ हजार ६ सय ३५ र वडा नंं४ मा १ हजार २ सय ८१ मतदाता छन । मतदानका लागी ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
- 2082/02/21 आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
- 2082/02/21 सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
- 2082/02/20 तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र
- 2082/02/20 सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
- 2082/02/20 चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ