News Category 2081/08/13
हिंसामुक्त समाज निर्माणको लागि सबैको साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले लैङ्गिक समानतासहित हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा प्रयास आवश्यक भएको बताएका छन् । जनकपुरधाममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यू.एन.एफ.पि.ए) को समन्वय तथा सहकार्यमा बिहीबार आयोजना गरेको जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका प्रतिबद्धता कार्यान्वयनको अवस्था तथा मधेश लैङ्गिक समानताको सवालबारे मधेश प्रदेशसभाका सदस्यहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री लेखीले लैङ्गिक हिंसा, दहेज प्रथा र बालविवाह जस्ता विकृतिहरुले समाज प्रभावित रहेको भन्दै यस्ता विकृति अन्त्यका लागि समाजमा रहने सबै पक्षले आ–आफनो ठाउँवाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड समेत दिए ।
अन्य प्रदेशको तुल्नामा मधेश प्रदेशमा यस्ता विकृतिको अवस्था भयावह रहेको भन्दै एक जनाको प्रयासले अन्त्य गर्न सम्भव नरहेको बताउँदै उनले समाजमा हुने गरेको यस्ता विकृतिहरु अन्त्यका लागि प्रहरी प्रशासन र जनप्रतिनिधिको भूमिका महत्वपुर्ण भएको उल्लेख गरे । उनले समाजमा यस्ता विकृतिहरु भइरहेको देखेपछि सरोकारवाला पक्षहरु एक अर्का सँगको समन्वयमा हुन नदिनका लागि खबरदारी गर्नुपर्नेमा जोड पनि दिए ।
कार्यक्रममा जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवले लैङ्गिक समानताका लागि निर्माण भएका ऐन कानुनको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले देशमा बढदै गएको जनसंख्या अनुरुप नै विकासको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नेकपा एमालेका प्रदेशसभा सदस्य शारदादेवी थापाले लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि प्रदेश सरकारले नागरिकमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका सचिव चूडामणि फुयालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्यहरु जंगीलाल राय, जिवछीकुमारी यादवसहितले लैङ्गिक हिंसा अन्त्यका लागि हामी सबै एकबद्ध भएर अघि बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा यू.एन.एफ.पि.ए का कार्यक्रम अधिकृत समीर घिमिरेले लैङ्गिक समानता, जनसङ्ख्या वृद्धि र त्यसले पार्ने प्रभावको वारेमा र मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम साहले मधेश प्रदेशमा लैङ्गिक हिंसाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/27 आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध, अध्यक्षमा देव र यादव भिड्दै
- 2081/08/27 अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो
- 2081/08/26 पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
- 2081/08/26 अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
- 2081/08/23 झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
- 2081/08/21 सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
- 2081/08/20 विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
- 2081/08/20 मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता
- 2081/08/17 हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्छ ः डा. कोइराला
- 2081/08/17 डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ