News Category 2081/08/21
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्र कुमार साह सपथग्रहण लगत्तै पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका बेला पक्राउ परेका छन् ।
तीन वर्ष अघि भएको सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा उनको समेत संलग्नता रहेको भन्दै प्रहरीमा परेको उजुरी र अदालतको परमादेशको आधारमा नवनिर्वाचित वडाअध्यक्ष साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । अघिल्लो दिन विहीवार पदभार ग्रहण कार्यक्रममा सरिक हुन पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले साह उपर अपहरण तथा शरिर बन्धक, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । अघिल्लो दिन साँझ पक्राउ परेका साहलाई लगातार सार्वजनिक विदा परेकाले सोमवार मात्र म्याद थपका लागी अदालतमा उपस्थित गराईने उनको भनाई छ ।
प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादी माथी सोही वडाकी १९ वर्षिया युवतीको २०७९ साल साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेकोे आरोप छ ।
यसरी युवतीलाई अपहरण, बलात्कार र कर्तब्य ज्यान लगायतका अपराध गरेको भन्दै साह सहितका ब्यक्तीहरु विरुद्ध २०७९ साल साउन १९ गते पीडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसपछी उनी फरार भएका थिए । यसबारे २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट समेत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको र २०८० चैत्र उच्च अदालत जनकपुर–राजविराज इजलाशबाट परमादेश जारी भएको प्रहरीको भनाइ छ ।
यस्तै २०८१ साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुद्दा दर्ता भएको थियो । त्यस पश्चात् २०८१ साउन १५ गते साहसहित प्रतिवादी विरुद्ध पक्राउ पूर्जी प्राप्त भएपछी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आँकलन गर्दै साह उम्मेदारी मनोनयनका दिन आफु उपस्थित नभई वारेस मार्फत मनोनयन पत्र दर्ता गराएका थिए ।
यसअघि वडाअध्यक्ष पदमा उक्त वडाबाट निर्वाचित भएका नेपाली काँग्रेसका प्रितमलाल चौधरीको निधन भएका कारण उपनिर्वाचन भएको थियो । तर नवनिर्वाचित वडाअध्यक्ष संगिन अपराधमा पक्राउ परे पछी एक पल्ट फेरी उक्त वडा अहिले जनप्रतिनिधीविहिन बन्न पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ