News Category 2081/09/08
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
वैश्य समाज सप्तरीको प्रथम जिल्ला स्तरिय भेला तथा अधिवेशन सोमवार नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ ।
वैश्य समाजको पहिचान उत्थान र सम्मानका लागि राष्ट्रिय वैश्य महासंघ नेपालको जिल्ला जिल्लामा संगठन विस्तार गर्ने कार्यक्रम अन्तर्गत गरिएको प्रथम जिल्ला स्तरिय भेला तथा अधिवेशनले श्याम कुमार साहको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मनोज कुमार माझी, दिगम्बर साह, महिला उपाध्यक्ष सुनिता दास, महासचिवमा बब्लुकुमार चौधरी कलबार, सचिवमा राजलाल पण्डित, रामानन्द साह, कोषाध्यक्ष बलराम शर्मा र सहकोषाध्यक्षमा नारायण साहु रौनियारको चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा संजय कसेरा, सावित्रीदेवी पण्डित, बबिता साह, रन्जित पंजियार, अनुराधा साह, पुनिता साह र सरस्वती चौधरीको चयन गरिएको छ । बाँकी रहेका चार सदस्यको पछि मनोनयन गरिने महासंघले जनाएको छ ।
नवगठित समितिका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि बैश्य महासंघ नेपालका राष्ट्रिय अध्यक्ष परमेश्वर महासेठले पद तथा गोपनीयताको सपथ सहित पदभार ग्रहण गराएका छन् ।
यसअघि तेली कल्याण समाजका राष्ट्रिय अध्यक्ष विश्वनाथ साहु तेलीको अध्यक्षता तथा वैश्य महासंघ नेपालका राष्ट्रिय अध्यक्ष परमेश्वर महासेठको प्रमुख अतिथ्यमा भएको उद्घाटन समारोहमा वैश्य महासंघका उपाध्यक्ष रामचन्द्र साह, शत्रुघन साह, सचिव बजरंगी साह, राम उदगार महासेठ, विधान मस्यौदा समितिका सदस्य शत्रुघन महासेठ, तेली कल्याण समाजका राष्ट्रिय उपाध्यक्ष उम्देश्वर साह, कसेरा समाज सप्तरीका अध्यक्ष दिनेश साह, सुडी समाज केन्द्रिय सदस्य पंकज पुर्वे, रौनियार समाजका प्रादेशिक अध्यक्ष रंजित भगत, महिला अभियान्ता सुनिता साह क्रान्ती, तेली कल्याण समाज सप्तरीका निवर्तमान अध्यक्ष अमृतलाल साह लगायतले शुभकामना दिएका थिए ।
२२ वटा जातिय समुदाय आवद्ध रहेको वैश्य महासंघले संगठन विस्तार अभियान अन्तर्गत एक महिना यता वारा, पर्सा, धनुषा र सप्तरीमा संगठन विस्तार गरिसकेको र अन्य जिल्लामा समेत विस्तार गर्ने तयारी गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ