News Category 2081/09/27
बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
सप्तरीको रुपनी गाउँपालिका २ बस्ने शिवशंकर मण्डल र उनका परिवारजनले छिमेकी शिवलाल साह परिवारले आफूहरुमाथी चरित्र हत्या हुने गरि लगाएको आरोप असत्य रहेको दाबी गरेका छन् ।
शनिबार घटनास्थलमै पत्रकार सम्मेलनको आयोजना गरि मण्डल परिवारले यस्तो दाबी गरेका हुन् । पुस ३ गते जग्गा र बाटोको विषयलाई लिएर साह र मण्डल परिवारबीच झडप भएको थियो ।
जसमा साह परिवारका महिला सदस्य गिता साह, रामदुलारी साह र मन्जु कुमारी साह घाइते भएकी थिइन् । यस्तै मण्डल परिवारका उदित मण्डल, जोगेन्द्र मण्डल र गजेन्द्र मण्डल घाइते भएका थिए ।
साह परिवारले छिमेकी मण्डल परिवारका पुरुष सदस्यहरुले आफूहरुमाथी कुटपिट गरेको र गलत मनसायले लछाडपछार गर्दै घर बाहिर निकाल्ने प्रयास गरेको दाबी गरिरहेका बखत मण्डल परिवारले उक्त आरोप झुठा रहेको र आफूहरुको चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन् ।
“दुबै परिवारका महिला सदस्यबीच हातपात मात्र भएको हो, पत्रकार सम्मेलनमा शिवशंकर मण्डलले भने, हाम्रा परिवारका कुनै पनि पुरुष सदस्यले साह परिवारका महिलाहरुमाथी आक्रमण गरेको छैन् ।” उनले उल्टै परिवारका साह परिवारका महिला र पुरुष सदस्य मिलेर चिरपट तथा मुक्का प्रहार गरि आफ्ना परिवारका उदित, जोगेन्द्र र गजेन्द्रलाई घाइते बनाएको दाबी गरे ।
पत्रकार सम्मेलनमा उनका छोरा उदितले बाटोको जग्गाको विषयलाई लिएर उत्पन्न विवादलाई अर्कै मोड दिन महिला हिंसासँग जोडेर आफूहरुको चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरे ।
यता साह परिवारले आफ्ना महिला सदस्यमाथी मण्डल परिवारका पुरुष सदस्यले दुरव्र्यहार र कुटपिट गरेको दाबीका साथ अहिले पनि गिता साह उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना रहेको बताएका छन् ।
उक्त घटना बारे सुक्ष्म अनुसन्धान भइरहेको र दोषि पाइएकालाई कानुन बमोजिम कारवाही हुने प्रहरीको भनाई छ । स्थानीयका अनुसार उक्त टोलमा रहेको साँघुरो सडकका कारण सवारीसाधन आवागमनमा समस्या छ । यसअघि सडकका लागि साह परिवारले आफ्नो नम्बरी जग्गाबाट केही जग्गा पनि छाडेको जनाउँदै आएको छ । तर त्यो पर्याप्त नभएको स्थानीयको भनाई छ ।
थप केही जग्गा उपलब्ध गराइए सडक चौडाई भई आवागमन सहज हुने भन्दै स्थानीय केही व्यक्तिले साह परिवारलाई दबाब दिँदै आएका छन् । तर साह परिवारले अब थप जग्गा नदिने अडान राखेका छन् । मण्डल र साह परिवारबीच बेला बेलामा विवाद हुने गरेको स्थानीय रामगुलाम साहको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ