News Category 2081/10/21
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
वडाअध्यक्ष र कार्यवाहक वडाअध्यक्षले आपैmले गरेको सिफारिस पटक–पटक फेर्दा एक सर्वसाधारण हैरान बनेका छन् ।
सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका ६ बकधुवा टोल निवासी रामकुमार लेखी यसरी हैरान बनेका हुन् ।
वडा नं. ६ का वडाअध्यक्ष र कार्यवाहक वडाअध्यक्षले विभिन्न समयमा दाजु आशाराम चौधरी र भाई रामकुमार लेखीको जग्गा सम्बन्धि विवादबारे यहाँस्थित २ नं.नापी टोली, नापी कार्यालय राजविराजलाई पटक–पटक फरक–फरक सिफारिश पठाउन थालेपछि दाजु–भाई बीचको विवाद चर्किदै गएको छ भने नापी कार्यालय पनि अलमलमा परेको छ ।
सोही विषयलाई लिएर सोमवार रामकुमार लेखीले राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे खुलासा गरेका हुन ।
उनले परापुर्वकाल देखी उक्त पालिकाको वडा नं.८ मा रहेको सिट नं.२ को कित्ता नं २ को गाउँ ब्लकको करिब ३२ धुर जग्गा आफुले भोगचलन गर्दै आएको र २०७२ सालमा नापी टोली जग्गा नापी गर्न आएका वखत पनि श्रीमती शान्तिदेवी चौधरीको एकल नाममा राख्नु पर्ने भन्दै टिपेर गएको बताए ।
पछी गएर वडा कार्यालयको सिफारिश माग गरिएको र वडा कार्यालयले केही समय कै अन्तरालमा फरक–फरक सिफारिश पत्र नापी कार्यालयलाई पठाउन थालेपछी लालपुर्जा पाउनबाट बञ्चित रहेको र दाजु–भाई बीच विवाद हुन थालेका उनको कथन छ ।
चौधरी दाजु–भाईको २०५७ साल मै सप्तरी जिल्ला अदालतबाट विधिवत अंशवण्डा भइसकेको छ । विवादमा परेको जग्गा भने आफुले भोग चलन गर्दै आएको र आफ्नो श्रीमती शान्तिको नाममा लालपुर्जा बन्नु पर्ने रामकुमारको माग दाबी छ ।
रामकुमारका अनुसार नापी कार्यालयले वडा कार्यालयको सिफारिश माग गरेपछी २०७८ साल पुष १२ गते कार्यवाहक वडाअध्यक्ष सगुन पोखरेलले उक्त जग्गामा शान्ति देवी चौधरीको हक लाग्ने ठहर सहित सिफारिश गरेको थियो । त्यसको ९ दिन पछी २०७८ पुष २१ गते वडाअध्यक्ष कुसुम आर्चायले रामकुमार र उनका दाजु आशाराम दुबैको उक्त जग्गामा अंश लाग्ने भनी अर्काे सिफारिश नापी कार्यालयमा पठायो ।
त्यसको ३ महिनापछि फेरी कार्यवाहक वडाअध्यक्ष बनेका सगुन पोखरेलले २०७८ पुष १२ गते आफ्नो पुरानो निर्णय सच्याउँदै उक्त जग्गामा दाजु–भाई आशाराम र रामकुमार दुबैको अंश लाग्ने अर्काे सिफारिश ग¥यो । उक्त सिफारिश प्रक्रियामा रहेका बेला निर्वाचित भएर नयाँ वडाअध्यक्ष भइ आएका अशोक आर्चायले २०८० मंसिर ५ गते रामकुमार लेखी र उनका श्रीमती शान्ती परापुर्वकाल देखी नै भोग चलन गर्दै आएको भन्दै उक्त जग्गाको लालपुर्जा शान्ति कै नाममा बन्नु पर्ने भनी नापी कार्यालयमा सिफारिश ग¥यो ।
त्यसको एक महिना पनि नबित्दै २०८१ साल पुष १ गते कार्यवाहक वडाअध्यक्ष बनेका तेतर चौधरीले उक्त सिफारिश उल्टाउँदै दाजु आशाराम र भाई रामकुमार लेखी दुबैको अंश लाग्ने भन्दै अर्काे सिफारिश ग¥यो ।
सिफारिशको क्रम यहाँ पनि रोकिएन । एक महिना अघि २०८१ पुष २२ गते वडाअध्यक्ष अशोक आर्चायले आफुले २०८० मंसिर ५ गते रामकुमारको पक्षमा गरेको सिफारिश सच्याउँदै दाजु आशाराम र भाई रामकुमार दुबैको अंश लाग्ने भन्दै दुबैको नाममा लालपुर्जा बनाउन नापी कार्यालयलाई अर्काे सिफारिश पत्र पठाएका छन ।
६ वटै सिफारिश पत्रको प्रतिलिपी लिएर पत्रकार सम्मेलनमा उपस्थित भएका रामकुमारले यसरी साता र महिना पिच्छै फरक फरक सिफारिशले आफुलाई हैरान बनाएको र लालपुर्जा पाउनबाट बञ्चित रहनु परेको गुनासो गरेका छन ।
यता दाजु आशारामले भने पुख्र्याेली सम्पती रहेको भन्दै सो जग्गामा आप्mनो पनि हक लाग्ने दाबी गरेका छन । दिन र महिना पिच्छै एउटै विषयको वडा कार्यालयबाट फरक÷फरक सिफारिश आउनाले समस्या भएको भन्दै वास्तविक यकिन गरी मात्र लालपुर्जा प्रदान गरिने सोचमा पुगेको नापी कार्यालयका एक जिम्मेवार अधिकारीले जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/21 जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा
- 2081/10/21 गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा आएपछी सदरमुकाम आउने बाध्यता हट्यो
- 2081/10/21 रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
- 2081/10/21 डाका मुद्दाका फरार अभियुक्त पक्राउ
- 2081/10/20 नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
- 2081/10/20 कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
- 2081/10/19 अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
- 2081/10/18 नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
- 2081/10/18 विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
- 2081/10/17 रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ