News Category 2081/11/02
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
दैनिक समाचारदाता
राजविराज, ०२ फागुन ।
२००७ सालमा फागुन ७ गते प्रजातन्त्रको घोषणापछि प्रत्येक बर्ष नेपालमा प्रजातन्त्र दिवस मनाईदै आईएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान २०७२ साल असोज ३ मा जारि भएपछि अझै यसको महत्व बढ्दै गएको हो ।
नयाँ संविधान आएपछि प्रत्येक बर्ष विभिन्न कार्यक्रम गरि मनाईदै आईएको छ । तर, यसबर्ष भने प्रजातन्त्र दिवसको तयारी बैठकमा शुक्रबार मात्र ९ जनाको झिनो उपस्थिति देखियो ।
प्रजातन्त्र दिवस मनाउने तयारीका लािग जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा बोलाईएको छलफल बैठकमा १८ वटा पालिका मध्ये दुई वटा पालिकाका अध्यक्ष तथा एक राजनीतिक दलका प्रतिनिधि गरी कूल ९ जनाको मात्रै उपस्थिति भयो ।
तीन दिन सम्म हर्षौउल्लासका साथ प्रजातन्त्र दिवस मनाउने उद्देश्य राखेर बोलाईएको छलफल बैठकमा सहभागी हुन जिल्ला समन्वय समितिले दुई दिन अघि नै सबै सरोकारबालालाई पत्राचार गर्दै फोन मार्फत समेत सहभागि हुन अनुरोध गरेको थियो । तर, बैठकमा रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिका बाहेक अन्य कुनै पनि पालिकाका जनप्रतिनिधि नआएपछि निराश देखिएका जिल्ला समन्वय समितिका प्रमुख शिवनाराण साहले जानकारी दिए ।
उनका अनुसार राजनीतिक दलका तर्फबाट नेकपा एमालेका सचिव देवनाथ यादव बाहेक अन्य कुनै दलबाट प्रतिनिधि आएनन् ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख साह, उपप्रमुख शम्भु यादव, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, अग्निसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, नेकपा एमालेका सचिव देवनाथ यादव, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण र विष्णुपुर गाउँपालिकाका अधिकृत गंगाराम साह गरि ९ जनाको मात्रै सहभागिता थियो ।
प्रजातन्त्रका लागि लडेका राजनीतिक दल तथा जनप्रतिनिधि नै प्रजातन्त्र दिवस मनाउने जस्तो महत्वपूर्ण छलफलमा उपस्थित नहुनु आश्चर्यको विषय भएको प्रमुख जिल्ला अधिकारी दहालले बताए ।
जिल्ला समन्वय समितका प्रमुख साहले लोकतन्त्रका लागि पटक पटक लडेका राजनीतिक दलहरुको प्रजातन्त्र दिवस जस्तो गहन विषयमा उदासिन रहनु उदेक लाग्दो रहेको बताए ।
जिल्ला समन्वय अधिकारी कुन्दन कर्णले प्रजातन्त्र दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउँदै यस्तो उत्सव मनाउन तयारीका लागि बोलाईएको छलफल र बैठकमा सहभागिता अत्यन्त न्यून हुनु दुखद र चिन्ताको विषय भएको बताए ।
एक घण्टाको पर्खाइ पछि पनि आमन्त्रित व्यक्तित्वहरुको सहभागिता हुने अवस्था नदेखिए पछि उपस्थित मध्येबाटै छलफल गरि तीन दिवसिय कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरिएको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ ।
फागुन ६ गते नगरका धार्मिक तथा सार्वजनिक स्थलहरुको सरसफाई, फागुन ७ गते प्रभातफेरी, प्रवचन र घरघरमा दीपावली तथा फागुन ८ गते रक्तदान, फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण र साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको जिल्ला समन्वय अधिकारी कर्णले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ