News Category 2081/11/27
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरीमा सोमबार राती छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परि एक विंगर तथा अर्का मोटरसाईकल चालकको मृत्यु भएको छ ।
हुलाकी सडक खण्ड अन्तर्गत राजविराज नगरपालिका १ पडरिया सडक खण्डमा को.१ज. २८६४ नम्बरको विंगर अनियन्त्रित भई पल्टिदा चालक रुपनी गाउँपालिका १ घर भएका ३५ बर्षीय रघु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
महुलीबाट तिव्र गतिमा राजविराजतर्फ आउँदै गरेको विंगर अनियन्त्रित भई सडक भन्दा डेढसय मिटर तल खेतमा खसेको थियो । दुर्घटनामा घाईते चालक यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
गाडीमा यात्रु नरहेको र सहचालक शम्भुनाथ नगरपालिका वडा नम्बर १ का २५ बर्षीय सुन्दर साह सकुशल रहेको प्रहरीको भनाई छ ।
यस्तै सोमबारै राति राजविराज नगरपालिका ११ झल्ही नहर सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा राजविराज १२ घर भएका २२ बर्षीय घनश्याम यादवको मृत्यु भएको छ । मधेश प्रदेश ०६–००१प२६२८ नम्बरको मोटरसाईल अनियन्त्रित भई पल्टिदा चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना घाईते भएका उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको र थपउपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ