News Category 2070/04/02
कमिसनमा कुरा मिलेपछि चार दिनअघि तयार पारिएको चेक बैंकमा बैंकले सोही मितिमा तोक लगाउ“दा रकम निकासा भएन, गाविसहरुलाई समस्या
दैनिक संवाददाता
राजविराज, १ साउन ।
अन्तिम समयमा आएर लेनदेनको कुरा मिलेपछि गाविसको अनुदान रकम निकासा गराउने सहमति भएपनि रु दुई करोडभन्दा बढी रकम निकासा नहुने भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले चेक तयार पारिसकेको अवस्थामा पनि उक्त रकम निकासा नहुने सम्भावना पक्का देखिएको छ । गत बर्षहरुमा अन्तिम समयमा आएर निकासा दिने खेल हुँदै आएपनि यस पटक उक्त खेलको अन्त्य जस्तै भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले गत असार २९ गते तयार गरेको रु दुई करोड ७४ लाख १८ हजार २ सय ९१ रुपैयाँको चेक राजविराजस्थित बाणिज्य बैंकमा साउन १ गते अर्थात मंगलबार आएपछि बैंकले मंगलबारकै मितिमा तोक लगाएको छ । चेक आएकै मितिमा बैंक म्यानेजरले तोक लगाएका कारण रकम निकासा नभएको हो । बैंक म्यानेजर श्याम ठाकुरले चेक आएकै मितिमा तोक लगाएपछि असार मसान्तभित्रै लिइसक्नुपर्ने रकम नयाँ आर्थिक बर्ष शुरु भइसकेकाले निकासा नभएको बैंकले जनाएको छ ।
बैंकका अनुसार तयार पारिएको चेक असार मसान्तभित्रै साट्नुपर्ने थियो । नसाटेका कारण उक्त रकम फ्रिज भइसकेको र अब सम्बन्धित मन्त्रालयबाटै रुजु गराइए मात्र बैंकले रकम निकासा दिनेछ, जुन धेरै गाह्रो कुरा हो । बैंकका एक कर्मचारीले भने, ‘‘रकम चलखेल गर्नका लागि नयाँ आर्थिक बर्षमा पनि चेक साटेर बाँड्ने योजना विफल भएको छ ।’’
श्रोतका अनुसार ०९५४८०५ नम्बरको उक्त चेक जिल्ला विकास अन्तर्गतका गाविसहरुको रहेको छ । यस पटक सप्तरीका अधिकांस गाविसले तेस्रो किस्ता वापतको रकम निकासा लिएका छैनन् । श्रोत दिने ती कर्मचारीका अनुसार गाविसहरुको लिस्ट समेत चेकसँग राखिएको कागजातमा उल्लेख गरिएको छ ।
‘असार २९ गते तयार तयार गरिएको चेकलाई सोही मितिमा बैंक प्रमुखले तोक लगाइएको भए रकम निकासा हुन्थ्यो’ बैंक श्रोतले भन्यो, ‘‘अब उक्त रकम फ्रिज भइसकेको छ ।’’
चल्ती हिसाब नम्बर २१८०२०१ नम्बरको चल्ती हिसाब खाताबाट रकम झिक्नुपर्ने थियो ।
गत बर्षहरुमा अन्तिम समयमा आएर पनि जिविस कर्मचारीहरुले बैंकबाट रकम झिकेर कमिसन लिई गाविसहरुलाई रकम दिदैं आएको थियो । यस पटक सोमबार राति कमिसनमा कुरा मिलेपछि तयार पारिएको चेक साट्नका लागि बैंकमा पठाइएको हो । यस पटक सप्तरीका दुई गाविस कालोसूचीमा परिसकेको छ भने चार दर्जन जति गाविसले मात्र तेस्रो किस्ताको रकम निकासा लिएको छ । बाँकीमा कमिसनमा लेनदेन नमिल्दा निकासामा समस्या देखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
- 2082/06/08 महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
- 2082/06/07 सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
- 2082/06/07 पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
- 2082/06/06 कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
- 2082/06/06 खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती
- 2082/06/06 जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ