News Category 2082/01/03
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
दैनिक समाचारदाता
राजविराज, ३ वैशाख ।
सप्तरीको सुरुङ्गा नगरपालिका ७ तीनगछियास्थित पोखरी किनारमा मृत भेटिएकी १८ वर्षिया पूजा कुमारी रामको हत्या भएको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।
मृतककी आमा रामवती देवी रामले बुधवार इलाका प्रहरी कार्यालय कडेरबोनामा ज्यान सम्बन्धि कसुरमा जाहेरी दिएकी हुन् ।
सोही वडा निवासी नागेन्द्रं रामकी १८ वर्षिया छोरी पूजा मंगलवार विहान ७ बजेतीर घरबाट ५ सय मिटरको दुरीमा अवस्थित कुसुम लाल साहको पोखरी किनारमा मृत अवस्थामा फेला परेकी थिइन । घाँसपातले छोपिएको अवस्थामा उनको शव फेला परेकोले हत्याको आशंका प्रहरीले समेत गरेका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले घाँसपातले छोपेर राखिएको अवस्थामा पूजाको शव भेटिएकाले हत्याको आशंका गरीए पनि पोस्टमार्टम रिर्पाेट आएपछि मात्र मृत्युको यकिन कारण भन्न मिल्ने जनाएका छन । पुजाको शव पोस्टमार्टका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याई घटनाबारे सुक्ष्म अनुसन्धान भईरहेको उनको भनाई छ ।
पुजाले लगाउने एउटा चप्पल घरको गेट नजिकै तथा अर्काे चप्पल सय मिटरको दुरीमा फेला परेको छ । जसकारण कसैले घरबाट अपहरण गरी एकान्त स्थलमा पु¥याई हत्या पश्चात घाँसपातले छोपेर राखेको परिवारजनको दाबी छ ।
घटना विवरण अनुसार मृतककी आमा रामवती नयाँ वर्ष सोमबारका दिन साँझ टोल मै भइरहेको अष्ट्याममा पुजापाठका लागी सहभागी हुन गएकी थिइन । घरमा छोरी पूजा र १२ वर्षिय छोरा विश्वजीत मात्रै थिए । अष्ट्याम सकेपछि अबेर राती घर फर्किदा विश्वजीत कोठामै सुुतिरहेको देखिएपनि पुजा भने वेपत्ता थिइन । रामवती तत्कालै छरछिमेकमा खोजतलास गरेकी थिइन । तर पुजा कतै फेला परिनन ।
विहान पख वेपत्ता छोरीको खोजतलास गरि दिन आग्रहका लागी प्रंहरीमा जाने तयारीमा रहेकै बेला घाँसपातले छोपिएको अवस्थामा पूजाको मृत शरिर फेला परेको खबर सुनेपछी उनी बेहोश भइन । स्थानीय कसै कसैले पिसाब फेर्न निस्कदा रातीको समयमा एक्लै रहेको मौका छोपी गलत मनसायले अपहरण गरी पोखरीको डिलमा पु¥याई अपराधीले हत्या गरेको आशंका समेत ब्यक्त गरेका छन ।
अनुसन्धानको क्रममा प्रहरीले मधेश प्रदेशको केनाई शाखा लालगढबाट डगस्क्वाड (तालिम प्राप्त कुकुर) ल्याएर त्यसको प्रयोग समेत गरेको छ । त्यसबाट पनि केही संकेत फेला परेको हुन सक्ने अनुमान गरीए पनि अनुसन्धान जारी रहेकाले पोस्टमार्टम रिर्पाेट र अनुसन्धान सकिएपछि सबै सत्य तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ छ । मजदुरी पेशमा संलग्न मृतकका वुआ नागेन्द्र अहिले रोजगारीका सिलसिलमा विदेशमा छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ