News Category 2070/04/04
पुनरावेदन बारमा प्रगतिशीलको बर्चस्व
दैनिक संवाददाता
राजविराज, ३ साउन ।
पुनरावेदन अदालत बार एसोसिएसन राजविराजको बुधबार सम्पन्न निर्वाचनबाट प्रगतिशिल कानुन व्यवसायी समूहका अध्यक्षसहित बहुमत सदस्यमा विजयी भएको छ ।
बिहीबार बिहान सम्पन्न मतगणनाअनुसार प्रगतिशीलका अध्यक्ष महेन्द्रकुमार चौधरीले १ मतको अन्तरले लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदबार बिजय कुमार यादवलाई पराजित गरेका हुन् । चौधरीले ८३ तथा यादवले ८२ मत पाएका छन् ।
यस्तै प्रगतिशिल समूहबाटै उपाध्यक्षमा गजराज पाण्डे र सचिवमा बलरामप्रसाद सिंह विजयी भएका छन् ।
यसैगरि सोही समूहबाट सदस्यमा अम्बिका चौधरी, उमाशङ्कर देव, अनिलकुमार झा, देवनारायण मण्डल र सुकदेव चौधरी विजयी भएको निर्वाचन अधिकृत शिवनारायण चौधरीले जानकारी दिनुभयो ।
लोकतान्त्रिक कानुन व्यवसायी समूहबाट कोषाध्यक्षमा भोगीलाल यादव तथा सदस्यमा दिनेशकुमार सिंह, भूपनारायण यादव, धर्मेन्द्र यादव र लक्ष्मण ठाकुर विजयी भएका छन् ।
यसैगरि केन्द्रीय पार्षदहरुमा प्रगतिशील समूहबाट पाँच र लोकतान्त्रिक समूहबाट चार जनाले विजय हासिल गरेका छन् । प्रगतिशील समूहबाट केन्द्रीय पार्षदमा नवराजकुमार क्षेत्री, सुजितकुमार पोखरेल, जयकुमार गोइत, मनोज देव र देवनारायण यादव (रायपुर) विजयी भएका छन् । लोकतान्त्रिक समूहबाट अशोककुमार झा, देवनारायण यादव (कोसी), देवनारायण यादव (छपकी) र रामजी साह केन्द्रीय पार्षदमा विजयी भए ।
पुनरावेदन अदालत बार एसोसिएसनको बुधबार सम्पन्न मतदानमा १ सय ८७ मतदातामध्ये १ सय ६९ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ