News Category 2070/04/04
पुनरावेदन बारमा प्रगतिशीलको बर्चस्व
दैनिक संवाददाता
राजविराज, ३ साउन ।
पुनरावेदन अदालत बार एसोसिएसन राजविराजको बुधबार सम्पन्न निर्वाचनबाट प्रगतिशिल कानुन व्यवसायी समूहका अध्यक्षसहित बहुमत सदस्यमा विजयी भएको छ ।
बिहीबार बिहान सम्पन्न मतगणनाअनुसार प्रगतिशीलका अध्यक्ष महेन्द्रकुमार चौधरीले १ मतको अन्तरले लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदबार बिजय कुमार यादवलाई पराजित गरेका हुन् । चौधरीले ८३ तथा यादवले ८२ मत पाएका छन् ।
यस्तै प्रगतिशिल समूहबाटै उपाध्यक्षमा गजराज पाण्डे र सचिवमा बलरामप्रसाद सिंह विजयी भएका छन् ।
यसैगरि सोही समूहबाट सदस्यमा अम्बिका चौधरी, उमाशङ्कर देव, अनिलकुमार झा, देवनारायण मण्डल र सुकदेव चौधरी विजयी भएको निर्वाचन अधिकृत शिवनारायण चौधरीले जानकारी दिनुभयो ।
लोकतान्त्रिक कानुन व्यवसायी समूहबाट कोषाध्यक्षमा भोगीलाल यादव तथा सदस्यमा दिनेशकुमार सिंह, भूपनारायण यादव, धर्मेन्द्र यादव र लक्ष्मण ठाकुर विजयी भएका छन् ।
यसैगरि केन्द्रीय पार्षदहरुमा प्रगतिशील समूहबाट पाँच र लोकतान्त्रिक समूहबाट चार जनाले विजय हासिल गरेका छन् । प्रगतिशील समूहबाट केन्द्रीय पार्षदमा नवराजकुमार क्षेत्री, सुजितकुमार पोखरेल, जयकुमार गोइत, मनोज देव र देवनारायण यादव (रायपुर) विजयी भएका छन् । लोकतान्त्रिक समूहबाट अशोककुमार झा, देवनारायण यादव (कोसी), देवनारायण यादव (छपकी) र रामजी साह केन्द्रीय पार्षदमा विजयी भए ।
पुनरावेदन अदालत बार एसोसिएसनको बुधबार सम्पन्न मतदानमा १ सय ८७ मतदातामध्ये १ सय ६९ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ