News Category 2070/04/04
मोवाइल चोरी गरेको भन्दै दलित बालिकाको हत्या
दैनिक संवाददाता
रुपनगर (सप्तरी), ३ साउन ।
समाज हिंस्रक बन्दै गएको पुष्टि गराएको छ एक जना महिलाले सप्तरीको वैरवा गाविसमा । मोवाइल चोरीको आरोप लगाउँदै एक दलित बालिकालाई ती महिलाले कुटपिट गरी ज्यान लिएका छन् ।
वैरवा गाविस ३ दक्षिण डुबानस्थित मामा घरमा बस्दै आएकी बालिकाको हत्या गरिएको हो । बुधबार साँझ वैरवा गाविस–८ निवासी संगीता पौडेलले बालिकालाई कुटपिट गरेकी थिइन् । कुटपीटबाट टाउकोमा गम्भीर चोट लागेकी बालिकाको बुधबारै राति ८ बजेतिर ज्यान गएको हो ।
मृत्यु हुनेमा जगतपुर गाविस ४ बस्ने ठण्डा खंगकी १२ बर्षीया छोरी कारो खंग छिन् । उनी वैरवा गाविस ३ स्थित आफ्नो मामा घरमा बस्दै आएकी थिइन् ।
पौडेलले मोवाइल चोरेको आरोप लगाउँदै निर्घात कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । कुटपिट गर्ने २२ बर्षीया संगीतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखेर पौडेलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता मृतक खंगको शवलाई बिहीबारै राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा पोष्टमार्टका लागि ल्याइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
- 2082/06/08 महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
- 2082/06/07 सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
- 2082/06/07 पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
- 2082/06/06 कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
- 2082/06/06 खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती
- 2082/06/06 जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ