News Category 2070/04/05
गोबरगाढा गाविसका दुई दर्जन घरपरिवार बिस्थापित
दैनिक संवाददाता
राजविराज, ४ साउन ।
लगातार दुई दिनदेखी अविरल बर्षाका कारण कोशी नदीमा आएको बाढीले जमिन कटान गर्दै घर समेत बगाएपछि सप्तरीको गोबरगाढा गाविसका दुई दर्जन घरपरिवार बिस्थापित भएका छन् ।
सबै जना सुतिरहेको अवस्थामा बिहीबार राति आएको बाढीले कटान गर्दै घर बगाएपछि गोबरगाढा गाविस वडा नम्बर ५ र ६ का २१ घरपरिवार बिस्थापित भएको गाविसका प्राविधिक सहायक अधिकलाल यादवले जानकारी दिनुभयो । जिल्लाकै अति विकट गाविसको रुपमा रहेको यस गाविसका बासिन्दाहरु प्रत्येक बर्ष बर्षाका कारण बिस्थापित हुने गर्दछन् ।
बढीका कारण जोगन यादव, सिताराम यादव, जगदीश पासवान, फुदन सदा, जदु सदा, प्रमेश्वर सिंह, राम मेहता, दिलिप यादव, बिन्देश्वर महतो, बुचाई यादव, सदानन्द यादव, हरिलाल यादव, सियाराम यादव, रामेश्वर यादव, कैलु यादवसहितका परिवार बिस्थापित भएको प्राविधिक सहायक यादवले बताउनुभयो । ती परिवारका बालबालिका समेत गरी १ सय जना बासिन्दालाई बस्न समेत समस्या भएको छ ।
घर नजिकै रहेको ऐलानी जग्गामा अस्थायी छाप्रो हाल्न गएका बिस्थापित व्यक्तिहरुलाई त्यहाँका दुई जनाले छाप्रो हाल्न नदिंदा थप समस्या भएको छ । इनर्वा गाविसका रमण मण्डल र विशेश्वर मण्डलले जग्गा आफूहरुले ठेक्का पाएको भन्दै छाप्रो समेत हाल्न नदिएको प्राविधिक सहायक यादवले जानकारी दिनुभयो । छाप्रो समेत हाल्न नपाउँदा त्यहाँका बासिन्दालाई थप समस्या उत्पन्न भएको छ ।
यसैगरि बुधबार राती देखी भएको अविरल वर्षाका कारण सप्तरी सदरमुकाम राजविराज वडा नम्बर ५, ६, ७, ८, ९ र १० का ५ दर्जन बढी घर डुबानमा परेका छन् ।
सदरमुकाम राजविराजमा उचित ढलको निकास नभएको कारण राजविराजस्थित भलुवाही खोलामा आएको बाढी वडा नं. ८ र ९ का स्थानियहरुको घर घरमा पसेपछि जनजीवन कष्टकर बनेको छ ।
यस्तै वडा नंं ५ मा हिमालय टोलमा नाला नभएकै कारण वर्षाको पानी बाटो भई घर घरमा पसेको छ । यसैगरि वडा नं. १ स्थित जिल्ला प्रसाशन कार्यालय नजिकको सडकमा उचित ढलको व्यवस्था नभएकै कारण वर्षाको पानी जिप्रका सप्तरी तथा वरपरका घरहरुमा पसेको छ ।
दुई दिनदेखी परेको वर्षाको पानी राजविराजस्थित भूसंरक्षण कार्यालय, घरेलु, भूमिसुधार कार्यालयमा समेत पस्दा कामकाज प्रभावित भएको छ ।
अबिरल बर्षापछि आएको भलुवाही खोलाको बाढीका कारण राजविराज नगरपालिका ८ स्थित भट्टा टोलमा रहेको २५ भन्दा वढि घरहरु जोखिममा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ