News Category 2082/06/06
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
भारततर्फ जान लागेकी दुई विदेशी महिलासहित तीन जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
उज्जेवकिस्तानकी ३९ वर्षिया शेशिस्ताअकवारोवा र ३८ वर्षिया फेरुजा याख्सीमुरा तोवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती महिलाहरुलाई विआर०७ए.वाई१८७६ भारतीय नं. को मोटरसाईकलमा राखी भारतको लौकहा बाजारतर्फ लैजाने प्रयास गरेका भारतीय नागरिक २० वर्षिय नितिश कुमार बिन्दालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
विन्दा भारतको विहार राज्य मधुवनी जिल्ला लालमनियाडुमरवाना ग्राम पञ्चायत निवासी रहेको खुलेको छ । उनले ती महिलाहरुलाई आफुले नचिनेको र रातीको समयमा एकान्त स्थलमा अलपत्र देखेपछि उनीहरुकै अनुरोधमा सुरक्षाका लागी लौकहा बाजारसम्म पु¥याई दिन लिफ्ट दिइ सहयोग गर्न खोजको बताएका छन ।
भारतीय सीमासंग नजिक पर्ने सप्तरीको वलान विहुल गाउँपालिका ४ स्थित चन्ही–वेल्ही सडक खण्डमा शनिवार राती ८ बजेतीर चेकजाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक वस्नेतले बताए ।
प्रहरी नियन्त्रणमा रहेकी दुबै विदेशी महिलाहरुले आपुृmहरु घुम्ने उद्देश्यले नेपाल आएको र घुम्नै क्रममा आफुहरु बाटो विराएर यता आईपुगेको बयान दिएकी छिन । उनीहरुले आफुहरुसंग पासपोर्ट भएको तर काठमाण्डौमा भाडामा वसेको लजमै छुटेकोे बताएकी छिन । आफुहरु अलपत्र परेको बेला भेटेको विन्दाले लिफ्ट दिएको उनीहरुले प्रहरी समक्ष बताएकी छिन ।
प्रहरी नायब उपरिक्षक वस्नेतले महिलाहरुको बयानका आधारमा काठमाडौमा वस्ने लज (होटल) बाट उनीहरुको पासपोर्ट झिकाउने काम तथा समग्र घटनाक्रमबारे सुक्ष्म अनुसन्धान भईरहेको बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ