News Category 2070/04/06
“अमृतालिंगम् प्रवृति” कामतियारस“ग कुनै सहकार्य र मोर्चा बन्दी हुनेछैन ः गुप्ता
राजविराजं÷तराई मधेस राष्ट्रिय अभियाका संयोजक जयप्रकाश गुप्ताले हालका दिनहरूमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले मधेसको राजनीतिक मागहरूका विरुद्ध गम्भिर अपराध गरिरहेको बताउनुभएको छ ।
गुप्ताद्वारा जारी विज्ञप्तीमा मोर्चाले नागरिकताको प्रमाणपत्रकै आधारमा मतदाता नामावली संकलन गर्ने बिषयमा सहमति जनाएर मधेश र मधेशी जनता बिरोधी काम गरेको उल्लेख छ ।
मधेसका प्रायः सबै जिल्लाहरूमा लगभग एक लाखको संख्यामा मतदाता घटेको तथा संविधान सभाका सदस्य संख्या ६ सय १ बाट झारेर ४ सय ९१ पु¥याउने छलकपटमा मोर्चाले सहमति गरेको गुप्ताको भनाई छ । यस कारण संविधान सभामा समानुपातिकको ९५ संख्या घटेपनि मोर्चाका नेताहरुले वेवास्ता गरेको उहाँले बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
यसबाट मधेसी, जनजाति, दलित आदिकै प्रतिनिधित्व घटने समेत निश्चित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यिनीहरूले संविधानमा एकैपटक २५ वटा संशोधन हुदाँ निर्वाचन क्षेत्र सम्बन्धि बिषयमा अपरिहार्य मानिएको संशोधनलाई नियतवश अनदेखा गरिएको आरोप गुप्ताको रहेको छ ।
मधेसको जनसंख्या लगभग २ प्रतिशत बढेपनि निर्वाचन क्षेत्र नबढ्ने गम्भीर स्थिति आएकोले ११ सूत्रीय सहमतिमा हस्ताक्षर हुनु मधेशका लागि घातक रहेको विज्ञप्तिमा जनाइएको छ ।
‘मोर्चाबाट गरिएका यी अक्षम्य अपराधहरू हुन्–जसले दीर्घकालिन रूपमा मधेसको अपूरणीय क्षति गरेको छ’ गुप्ताले बिज्ञप्तीमा भन्नुभएको छ, ‘यस अतिरिक्त अन्य अपराधहरूको फेहरिस्त निकै लामो छ । मधेसको राजनीतिमा देखिएको यो ‘अमृतालिंगम् प्रवृति’ राज्यको मधेस विरोधी नीति भन्दा पनि खतरनाक तथा घातक छ ।’
विज्ञप्तिमा भनिएको छ, “अबको मधेसी अधिकारवादी राजनीतिमा ‘अमृतालिंगम् प्रवृति’ कामतियारहरूसंग मेरो र तराई मधेस राष्ट्रिय अभियानको कुनै सहकार्य हुनेछैन । यस कू–प्रवृतिलाई मलजलदिने, चुनावमा चोख्याउने गरी यिनीहरूसंग मेरो र तराई मधेस राष्ट्रिय अभियानको कुनै चुनावी गठबन्धन वा मोर्चावन्दी हुनैछैन । बरु यिनीहरूका विरुद्ध सम्पूर्ण शक्तिलाई केन्द्रीत गर्नुपर्ने अवस्था आएको छ । यस अभियानमा सरिक हुन र एक उत्सर्गी जमातको निर्माण गर्न म मधेसका तरूण, युवाएवं विद्यार्थीहरूमा अपील गर्दछु । “कि मरण कि मृत्यू”को नयाँ संकल्पलिदैं एकतावद्ध हुनअब ढिलो नगरौंं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ