News Category 2082/08/26
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
मधेश प्रदेशमा आत्महत्या घटनाको ग्राफ तीब्र रुपमा बढदै गएको छ । एक वर्ष यता मात्रै १ हजार २ सय २२ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन । चार वर्षको अवधिमा भने आत्महत्याबाट ज्यान गुमाउने संख्या ४ हजार ५ सय ८९ पुगेको छ ।
यसरी डरलाग्दो रुपमा बढीहरेको आत्महत्याको घटना न्युनिकरण तथा बेलैमा ध्यान दिनु पर्ने आवश्यक्ता समेत औल्याइएको छ । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरद्वारा राजविराजमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक तथ्याङ्क अनुसार आत्महत्याबाट आ.ब.२०७८÷०७९ मा १ हजार १८ आ.ब.७९÷०८० मा १ हजार ६९ आ.ब.०८०÷०८१ मा १ हजार २ सय ८० आ.ब ०८१÷०८२ मा १ हजार २ सय २२ गरी ४ वर्षे अवधीमा ४ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन । जसमा महिलाको संख्या अत्यधिक छ ।
आत्महत्याका क्रममा विषादी सेवन, झुण्डिएर, आगो लगाएर, पानीमा हामफालेर लगायतका विधी प्रयोग गरिएको पाइएको बताइएको छ । आत्महत्याको दर बढ्ने क्रम जारी रहँदा सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन । आर्थिक समस्या देखी प्रेम सम्बन्ध, पारिवारिक कलह, बेरोजगारी, मानसिक तनाव, असफलता लगायतका विविध कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक र अधिकारकर्मीहरुको भनाई छ ।
समाजिक, आर्थिक, पारिवारीक र मानसिक हिसाबले सम्पन्न र स्वस्थ न हुदा आत्महत्याका घटना बढने गरेको डा.काली प्रसाद यादवको भनाइ छ । आफ्नो अवस्था प्रति पनि निराशा बढेर आत्महत्या गर्ने निर्णयमा पुग्नेको संख्या पनि अत्यधिक रहेको महिला अधिकारकर्मी एवम् मधेशी आयोगकी सदस्य आभा सेतु सिंहको भनाई छ ।
“समय मै परिवारका सदस्यले वा नजिकका साथी÷भाईले त्यस्ता ब्यक्तीको संकेत बुझेर गम्भिर पहल गर्ने हो भने धेरै हदसम्म आत्महत्याका घट्ना टार्न सकिन्छ, उनले भनिन–यस तर्फ पनि सचेतना आवश्यक्त भएको छ । आत्महत्याका घटना बढदै गएपछि यसको न्यूनीकरणका लागी प्रहरीले समय समयमा सचेतना अभियान चलाए पनि आत्महत्याको दर बढ्ने क्रम नरोकिनु दुःखद भएको मनोचिकित्सकहरु बताउँछन । यसका लागी सरोकारवाला सबै निकाय मिलेर काम गर्नू आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ