News Category 2082/08/26
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो ३५ वर्षको राजनीतिक यात्रा र ब्यानर उपेन्द्र यादवले कब्जा गरेको आरोप लगाएका छन् ।
जिल्ला कमिटिले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् ।
मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्र यादव नेतृत्वको पार्टीसँग भएको एकिकरणको चर्चा गर्दै महतोले जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा गरेको बताए ।
“२०७२ सालमा मलेठ घटना पश्चात् सप्तरीवासीको चाहना अनुसार ६ दल मिलेर बनेको राजपा र त्यसपश्चात् उपेन्द्र यादव नेतृत्वको पार्टी समेत एकीकरण हुँदा बनेको जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ग¥यो ।” अध्यक्ष महतोले भने, “एक दशकअघिको ७ पार्टी अहिले छिन्नभिन्न अवस्थामा पुगेको छ ।”
आफु गजेन्द्र नारायण सिंहको चाहना अनुसार शासक वर्गसँग लड्न मधेश र पहाडका आदिवासी जनजातीलाई समेटेर राष्ट्रिय मुक्ति पार्टीको गठन गर्न बाध्य भएको उल्लेख गरे ।
विगतमा सरकार चलाएको एमाले, काँग्रेस र माओवादी लगायत ठुला दल फेरी सत्तामा पुगेर ब्रह्मलुट मचाउने दाउमा रहेको भन्दै उनीहरुबाट सावधान रहनुपर्ने कुरामा महतोले जोड दिए ।
उनले विगतमा सरकारको नेतृत्व गर्दा ब्रह्मलुट मचाएर व्यापक भ्रष्टाचार गरेका दलहरु नै अहिले संसद पुनस्र्थापनाको ढोल पिटी रहेको टिप्पणी गर्दै यस्तो व्यवहारले जेनजी आन्दोलनको पनि अपमान हुने दावी गरे ।
आफ्नै नेतृत्वको नेपाल राष्ट्रिय मुक्ति पार्टी विचार सहितको विकल्पका रुपमा अघि बढिरहेको दावीका साथ यसको विस्तारमा सबैले सहयोग गर्नुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा पार्टीका महासचिव सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजनीतिक समिति सदस्य राजनाराण साह, जिल्ला संयोजक दीपेन्द्र चौधरी, नवप्रवेशी एवं स्व. गजेन्द्रनारायण सिंहका अनुयायी विकास तिवारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ