News Category 2082/08/28
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै राजविराजमा जारि रिले अनसनमा ऐक्यबद्धता जनाउनेदेखी लिएर सोही अनसनमा बस्नेहरुको क्रम बढ्दो गएको छ ।
जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गठित संघर्ष समितिको संयोजनमा शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
रिले अनसनको तेश्रो दिन आइतबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, पालिका प्रमुखका साथै मधेश प्रदेशका बहालबाला मन्त्रीदेखि राजनीतिक दलका अध्यक्ष तथा विघटित प्रतिनिधिसभाका सदस्यसम्म छन् ।
यसैक्रममा आइतबारको रिले अनसनमा बिघटित प्रतिनिधिसभाको सदस्य रञ्जु ठाकुर, पूर्वमन्त्री उमेशप्रसाद यादव तथा संविधानसभा सदस्य रञ्जित कर्ण पनि सहभागि भएका छन् । यस्तै मविव क्याम्पस राजविराजका सभापति रन्जित कुमार यादवसँगै स्ववियुका अन्य पदाधिकारीहरु समेत ऐक्यबद्धता जनाउँदै अनसन बसेका छन् ।
अघिल्लो दिन शनिबार उक्त मागको समर्थनमा मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव रिले अनसनमा बसेका थिए । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले अनसनप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार केहीबेर अनसन समेत बसेका थिए ।
गत मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् ।
यसअघि संघर्ष समितिले पहिलो चरणको आन्दोलनमा दुई दिन जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना तथा एक दिन पालिका र जिल्लाका कार्यालयहरु बन्दको घोषणा गरेको थियो । त्यसअघि उद्योग बाणिज्य संघको नेतृत्वमा भएको आन्दोलनमा विभिन्न कार्यक्रमसहित १० हजार हस्ताक्षर संकलन गरि जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारको अर्थ मन्त्रालयलाई बुझाएका थिए ।
जनयुद्ध कालमा आन्तरिक राजश्व कार्यालय राजविराजबाट सिरहाको लहानमा सारिएको थियो । लामो सम्वादपछी बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित करदाता सेवा कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव र अर्थमन्त्री महेश प्रसाद यादवले संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि पहल थालेका छन् ।
मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले राजविराजमा हुँदै आएको आन्दोलनबारे अर्थमन्त्री खनाललाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएर अर्थमन्त्री खनालको ध्यानाकर्षण समेत गराए । ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री खनालले राजविराजमा करदाता सेवा कार्यालय हाललाई यथावतै राख्ने प्रतिबद्धता जनाएको मधेश प्रदेशका अर्थमन्त्री यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ