News Category 2082/08/28
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
मधेश प्रदेशको विभिन्न स्थानका पानीजन्य स्थलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको एक तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार मधेशका ८ वटै जिल्लामा चार बर्षको अवधिमा पोखरी, नदी, नाला र खाडलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको छ ।
सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार सबैभन्दा बढी धनुषामा ६८ जना बालबालिकाको डुबेर ज्यान गएको छ । त्यसपछी सप्तरीमा ६२, रौतहटमा ५९, सिरहामा ५६, महोत्तरीमा ४८, सर्लाहीमा ३४, पर्सामा २२ र बारामा १३ जना बालबालिको डुबेर ज्यान गएको छ ।
त्यस्तै सोही तथ्याङ्कले मधेश प्रदेशमा चार वर्षकै अवधीमा ८ सय २३ जनाले डुबेर ज्यान गुमाएका छन् । सबैभन्दा बढी धुनषामा १ सय ८७ जनाको डुबेर मृत्यु भएको छ । जसमा १ सय १२ जना वयस्क, ६८ जना बालबालिका र ७ जना वृद्ध छन् ।
यस्तै सप्तरीमा डुबेर १ सय ३ जनाको मृत्यु भएको छ । त्यसमा बालबालिका ६२, वयस्क ३५ र ६ जना वृद्ध रहेका छन् । यसै अवधिमा रौतहटमा ९० जनाले ज्यान गुमाएकोमा ५९ जना बालबालिका र ३१ जना वयस्क छन् ।
सिरहामा डुबेर ७८ जनाको मृत्यु भएको छ । जसमा ५६ जना बालबालिका, १७ जना वयस्क तथा ५ जना बृद्ध रहेका छन् । महोत्तरीमा ७७ जनाले ज्यान गुमाएका छन् । जसमा ४८ बालबालिका, ११ जना वयस्क तथा १८ जना वृद्ध छन् । सर्लाहीमा ६६ जनाले ज्यान गुमाएका छन् । जसमा ३४ बालबालिका र ३२ वयस्क छन् । पर्सामा ४२ जनाको ज्यान गएको छ । जसमा २२ बालबालिका, १७ वयस्क तथा ३ जना वृद्ध छन् । बारामा १३ जना बालबालिकाको डुबेर मृत्यु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश जनकपुर कार्यालयका प्रमुख बुद्धनारायण सहनीले दिनुभएको जानकारी अनुसार आर्थिक बर्ष २०७८÷७९ मा १ सय ५७, २०७९÷८० मा १ सय ६७, २०८०÷८१ मा २ सय ४ तथा २०८१÷८२ मा २ सय ९५ जनाको डुबेर मृत्यु भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार मधेश प्रदेशका अधिकांश पुरुषहरु वैदेशिक रोजगारमा रहेको र आमाबाट मात्रै बालबालिकाको हेरचाहमा कमि हुँदै आएकाले यस्तो भयावह तथ्याङ्क देखिएको बताउछन् । उनले पोखरी धनी र अभिभावकको लापरवाहीका कारण पनि डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको उल्लेख गरे ।
उनले पोखरीमा डिल नहुनु, पोखरी र खाल्डा खुल्डी घेरबार नगर्नु र अव्यवस्थित रुपमा पोखरी खन्नु तथा विकासिय कामका लागि जताततै माटो निकालेर खाल्डो खनी छोड्नुले पनि यस्तो जोखिम बढाएको धारणा राखे ।
बर्षायाम आउनु अघि नै पालिका भित्रका खाल्डा पुर्ने वा त्यसलाई घेराबेरा गरिदिने काम गरे यस्ता घट्ना न्युनिकरण हुने उनले विश्वास व्यक्त गर्दै बर्षायाम आउनु अघि वडाहरुमा वृत्तचित्र सहितको जनचेतना अभियान चलाउन सुझाव समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ