News Category 2082/08/29

आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 

दैनिक समाचारदाता

आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिमा आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते भएकी छिन् ।
    वडा नं. २ स्थित मिथला टोलमा आगो ताप्ने क्रममा स्थानीय २८ वर्षीया अमृता कुमारी मण्डल गम्भिर घाईते भएकी हुन् ।
    आइतबार साँझ आफ्नै गाईगोठमा आगो बाली घुर ताप्ने क्रममा अचानक साडीमा आगलागी भएर अमृता गम्भिर घाईते भएकी थिइन् । आगलागीबाट शरीरको विभिन्न भाग करिब ४० प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।
    गम्भिर घाईते भएकी उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।    

प्रतिकृया दिनुहोस

ताजा अपडेट