News Category 2082/08/29
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
सप्तरीको खडक नगरपालिकामा बालवालिकाहरूको लागी समुन्नति कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
खडक नगरपालिकाको समन्वय, सेभद चिल्ड्रेन र सबल नेपालले सप्तरीको पश्चिमी भेगमा संचालन गरेको वालवालिकाहरूको बिकासमा आधारित समुन्नती कार्यक्रम फलदाय बनेको हो ।
नगर कार्यक्रम सल्लाहकार समितिद्धारा अनुगमन तथा समिक्षा बैठक गरि जिल्लाको खडक नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमनको क्रममा शिक्षा, स्वास्थ तथा अन्य जिविकोपार्जनमा पु¥याएको सहयोगले वालवालिकासँगै उनका परिवार र समुदायको बिकासका टेवा पुरयाएको छ ।
खडक नगरपालिका वडा नं. ५ खोजपुरमा रहेका स्वास्थ्य चौकी अन्तर्गत प्रसुति गृह संचालनका लागि सबल नेपालले दिएको उपकरण प्रयोगमा रहेको पाइएको छ । अनुगमनको क्रममा खडक नगरपालिका वडा ५ मा सबल नेपालले यहाँ बर्थिङ सेन्टर संचालनका लागि दिएका पिपि सेट, सेनिटाइजर, टायल जडान, फिट निर्माण लगायत बिभिन्न उपकरणहरू सहयोग वाट सेन्टर संचालनमा रहेको स्वास्थ चौकी खोजपुरका ईन्चार्ज बिन्दु यादबले बताईन ।
साथै यस बर्थिङ सेन्टरमा महिनाको ३÷४ वटा शिशुको जन्म हुने गरेको र नियमित सरसफाईको कार्य समेत भइरहेको ईन्चार्ज यादबले बताईन । बर्थिङ सेन्टर संचालनमा स्वास्थकर्मिलाई बस्न कोठाको अभाव रहेको तथा बिजुली बतीको ब्यबस्थापन नहुदाँ संचालन गर्नमा कठिनाई भईरहेको ईन्चार्ज यादबले बताईन ।
स्वास्थ्य चौकीमा सरसफाइ, गर्भवती महिलाहरुको स्याहार र किशोरकिशोरीहरुको लागि मैत्रीपुर्ण कार्यक्रम प्रभावकारी रहेको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाका अनिता चौधरीले बताईन ।
त्यस्तै अनुगमन क्रममा खडक नगरपालिका वडा नं. १ स्थित वडा कार्यालयमा बालअधिकार संरक्षण समितिले गरेको बार्षिक कार्ययोजना, समुदायमा रहेको वालवालिकाहरूलाई सामग्री बितरण, प्रशिक्षण, तालिम तथा क्रियाकलाप सम्बन्धमा जानकारी लिएको छ ।
सो अवसरमा वडा १ का वडा अध्यक्ष राजकुमार साहले बालवालिकाहरूको विभिन्न बिधालयमा पोसाक बितरण गरेको तथा समय समयमा बिधालयको निरिक्षण गर्दै आबश्यक सहयोग गर्दै आएको जानकारी दिए । उनले भने समुदाय र बिधालयमा वालवालिकाहरूलाई कुलतवाट जोगाउन लागुऔषध, बाल श्रम बारे तालिम लिएर समुदायमा जनचेतना जगाइरहेको जसकारण वडामा वालवालिकाहरू कुलतवाट जोगिएको बताए ।
यसैगरी खडक नगरपालिका वडा ४ स्थित बागेश्वरी आधारभुत बिधालय अमहा तथा खडक ५ को जनता राष्ट्रिय आधारभुत बिधालयहरूमा मर्मत सम्भार, रंगरोवन, खानेपानीको लागि फिल्टर सेट, चर्पि निर्माण, हरित बिधालयका लागि सबल नेपालले सुचकहरूको पूरा गर्न सहयोग गरेको, वालविकास कक्षामा सामग्री, शिक्षकहरूलाई शिक्षण सिकाई तालिम, शैक्षिक सामग्री, प्रशिक्षण जस्ता क्रियाकलापमा सहयोग गरेको खरचुहिया आधारभुत बिधालयका प्रअ दिनेश मण्डलले जानकारी दिए ।
उक्त अनुगमनमा खडक नगरपालिका वडा गंगाराम चौधरी, वडा १ का अध्यक्ष राजकुमार साह, खडक नगरपालिका वडा ५ का सदस्य रामबिलास मण्डल, स्वास्थ शाखा प्रमुख जिवनारायण साह, महिला बाल कल्याण अधिकारी अनिता कुमारी साह, रोजगार शाखा प्रकाश चौधरी, कृषि शाखा राजेश चौधरी, सबल नेपालका उपाध्यक्ष भुपेश साह, फिल्ड म्यानेजर रोशन कुमार मण्डल, फिल्ड संयोजक अशोक कुमार साह, राधेश्यम राम, अनुगमन संयोजक चन्दन चौधरी, पत्रकार चन्दन कुमार यादब, महेश सिँह, आशिष साह, सहितका सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ