News Category 2082/10/08

क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम

दैनिक समाचारदाता

क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 

    सप्तरीमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका मध्ये एक जना उम्मेदवारी रद्द गरिएको छ ।
    जिल्लाको क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको हो । उक्त पार्टीबाट सागर संगै रविन्द्र चौधरी समेत दुई जनाले उम्मेदवारी दिएका थिए । 
    नेपाली कम्युनिष्ट पार्टीका आधिकारिक उम्मेदवार रविन्द्र चौधरी नै भएको छानबिनबाट देखिदा सोही पार्टीबाट उम्मेदवारी दिएका अर्का उम्मेदवार सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको क्षेत्र नं. १ का निर्वाचन अधिकृत जानकी रमण यादवले जानकारी दिए ।
    क्षेत्र नं. १ मा अव विभिन्न पार्टी र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट