News Category 2082/10/08
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
राजविराज नगरपालिकाले विशेष पुस्तक प्रर्दशनीसहित विद्यार्थीलाई निःशुल्क रुपमा पुस्तक प्रदान गरेको छ ।
सरस्वती पुजाको अवसर पारेर विहीवार साहित्यिक संस्था साझा प्रकाशनमा एक दिने विशेष पुस्तक प्रर्दशनीको आयोजना गरेर नगरपालिकाले नगरक्षेत्रका आधा दर्जन विद्यालयका छात्र÷छात्रालाई निःशुल्क पुस्तक वितरण गरेको हो ।
नगरपालिका क्षेत्र भित्रका जनता आधारभुत, राजदेवी, केशो अनिरुद्धबती तथा पब्लिक बिन्देश्वरी लगायतका माध्यमिक विद्यालयका चार दर्जन भन्दा बढी विद्यार्थीलाई नगरपालिकाले विभिन्न विद्याका पुस्तकहरु निःशुल्क वितरण गरेका थिए ।
वितरण गरिएका पुस्तकहरुमा स्वास्थ, कानुन, सामान्य ज्ञान, बालसाहित्य, शब्दकोष, खेलकुद, ब्याकरण, निबन्ध, नैतिक शिक्षा लगायतका पुस्तकहरु छन ।
प्रर्दशनीको उदघाटन गर्दै कार्यवाहक नगर प्रमुख इसरत परवीनले पठन संस्कृतीको विकास र पठन शैलीको निरन्तरताका लागी नगरपालिकाले विद्यार्थीहरुलाई लक्षित गरी निःशुल्क पुस्तक प्रर्दशनीको आयोजना गरेको बताईन ।
लामो समयदेखी बन्द रहेको लेखनाथ पुस्तकालय पुनः संचालनका लागी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरिसकेको जानकारी दिदै उनले यसै आर्थिक वर्षमा सो पुस्तकालय संचालनमा ल्याउने गरी गृह कार्य अघि बढेको बताईन ।
नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र यादवले विभिन्न कुलतबाट युवा र विद्यार्थीलाई जोगाउन ज्ञानगुणका पुस्तक अध्यन जरुरी रहेको भन्दै यसका लागी यस्ता पुस्तक प्रर्दशनी फलदायी हुने बताए ।
शिक्षा समितीका सदस्य एंव साहित्यकार देवेन्द्र मिश्रले डिजिटल युगमा पुस्तक पढ्नेबानी हराउँदै गएका बेला राजविराज नगरपालिकाले गरेको प्रयास सराहनिय रहेको बताए ।
कार्यक्रममा साहित्यीक संस्था साझा प्रकाशनका प्रमुख मनोज कुमार माझी, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देव, वडाअध्यक्ष सुभाष चन्द्र यादव, समाजिक अभियन्ता सुरेश मुखिया लगायतले नगरपालिकाले पठन संस्कृतिको विकासका लागी गरेको प्रयासको प्रशंसा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ