News Category 2082/10/09

सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने

दैनिक समाचारदाता

सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 

    सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा यसपाली रोचक प्रतिष्पर्धा हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका चार वटै क्षेत्र गरि लागि कुल १ सय २ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । 
    क्षेत्र नं. १ मा स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका युवा नेता ई.सुमित साह, जनमत पार्टीका तर्फबाट डा.जयकान्त राउत, नेपाली काँग्रेसका जिल्ला सभापती रामदेव साह, नेकपा एमालेका नेता सुमनराज प्याकुरेल, रास्वपाकी पुष्पा चौधरीबीच मुख्य रुपमा प्रतिष्पधा हुने स्थानीय मतदाताहरुको भनाई छ । 
    यस क्षेत्रमा अघिल्लो निर्वाचनमा जसपा नेपालका तर्फबाट उम्मेदवार भएका नवल किशोर साहले जितेका थिए । यसपल्ट उनका छोरा र्इं.सुमित नयाँ दल स्वभिमान पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लेका छन । यस्तै सोही क्षेत्रबाट नेकपा एमालेका नेता प्याकुरेल र नेपाली काँग्रेस सप्तरीका सभापति समेत रहेका नेता साह र जनमत पार्टीका नेता डा. राउत यसअघि पनि चुनावमा उम्मेदवार भइसकेका छन् । 
    सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चुनावी मैदानमा छन । अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए । अघिल्लो निर्वाचनमा उनकै पार्टीबाट यस क्षेत्रमा प्रदेश सभासदस्यमा जितेर मुख्यमन्त्री समेत भइसकेका सतिष कुमार सिंह नयाँ दल स्वभिमान पार्टीबाट यसै क्षेत्रबाट उम्मेदवारी दिएका छन । यस्तै जनमत पार्टी छाडेर जनअधिकार पार्टी खोलेका राष्ट्रिय अध्यक्ष शरद सिह यादव पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् । यो क्षेत्रमा हाल सम्म सांसद दोहोरिएको इतिहास छैन । यस क्षेत्रबाट रास्वपाका यूवा नेता रामजी यादव, जसपा नेपालबाट पूर्व मन्त्री उमेश प्रसाद यादव, नेपाली काँग्रेसबाट जिल्ला उपसभापती राम कुमार यादव, नेपाल जनता पार्टीबाट पूर्व प्रतिनीधी सभासदस्य एवं महामन्त्री रञ्जु ठाकुर, राष्ट्रिय मुक्ती पार्टीबाट पूर्व मन्त्री अनिस अन्सारी, नेकपाबाट सुर्यनाथ यादव, उज्यालो नेपाल पार्टीका डा दिपक चौधरी पनि प्रतिष्पर्धामा देखिएका छन ।
    सप्तरी क्षेत्र नं. ३ मा एमालेबाट ताराकान्त चौधरी चुनावी मैदानमा ओर्लेका छन भने उनका भतिजा अमरकान्त चौधरी रास्वपाबाट उम्मेदवार बनेका छन । काका–भतिजा आमने सामने भएपछि चुनावमा रोचक प्रतिस्पर्धा देखिएको स्थानीय मतदाताहरु बताउँछन । यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली काँग्रेसका दिनेश कुमार यादले ताराकान्त चौधरीलाई हराउँदै बाजी मारेका थिए । यादव यस पल्ट पनि काँग्रेसको तर्फबाट चुनावी मैदानमा छन । यस क्षेत्रबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि चुनावी मैदानमा छन । उनको प्रवेशले चुनावलाई थप रोचक बनाएको छ । यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका दिनेश कुमार यादव, एमालेका ताराकान्त चौधरी, राष्ट्रिय मुक्ती पार्टी नेपालका सहमहासचिव गजेन्द्र कुमार मण्डल र रास्वपाका अमरकान्त चौधरी बीच मुख्य प्रतिस्पर्धा हुने मतदाताको आकलन छ । 
    क्षेत्र नं. ४ मा जितको ह्याट्रिक लगाइसकेका नेपाली काँग्रेसका पूर्व मन्त्री तेजुलाल चौधरी पुृनः चुनावी मैदानमा छन । उनी लगातार चौथो जित निकाल्दै इतिहास रच्ने दाउमा छन् । यद्यपी यहाँ रोचक पक्ष के छ भने कुनै वेला उनी संगै रहेका नेपाली काँग्रेसका पुराना नेता सिताराम साह पार्टी परित्याग गरेर रास्वपाबाट उम्मेदार बनेका छन । जसकारण लगातार तीन पल्ट चुनाव जितेका चौधरीलाई इतिहास रच्न सकस पर्न सक्ने मतदाताको आकलन छ । यही क्षेत्रबाट जसपा नेपालकी महिला नेतृ डा.बबी सिंह यादव, नेकपा एमालेबाट, बालकृष्ण चौधरी र नेकपाबाट रुवी कर्ण पनि चुनावी मैदानमा छन । यीनै उम्मेदवारहरु बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट