News Category 2082/10/11
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीबाट २० जना महिला उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । चार वटा निर्वाचन क्षेत्रमा ७ जना महिला उम्मेदवार राजनीतिक पार्टीबाट तथा १३ जना महिलाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
जिल्लाको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पाकुमारी चौधरी र नागरिक उन्नमुक्ति पार्टीबाट टिकालक्ष्मी चौधरी, क्षेत्र नं. २ मा नेपाल जनता पार्टीका तर्फबाट पूर्व सांसद रञ्जु कुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीबाट निलम कुमारी यादव, क्षेत्र नं. ४ मा नेपाली कम्युनिष्ट पार्टीबाट रुबी कुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालबाट डा. बबि सिंह यादव र आम जनता पार्टीबाट अनिता कुमारी चौधरी उम्मेदवार बनेकी छिन् । यता क्षेत्र नं. ३ मा राजनीतिक दलबाट कुनै महिलाको उम्मेदवारी परेको छैन् ।
यस्तै क्षेत्र नं. १ बाट राम कुमारी खङ्ग, रिजवाना खातुन र उम्दा देवी सदा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । यस्तै क्षेत्र नं. २ बाट अम्बिका देवी साफी, शुशिला कुमारी साह र साधना दास स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएकी छिन् ।
क्षेत्र नं. ३ मा कौशल कुमारी चौधरी, रजियादेवी सदा, सरिता कुमारी यादव र कोशीला देवी पासमान स्वतन्त्र रुपमा उम्मेदवार बनेकी छिन् । यस्तै क्षेत्र नं. ४ बाट स्वतन्त्र रुपमा प्रेम कुमारी महरा चुनावी मैदानमा होमिएकी छिन् ।
मधेशी आयोगका सदस्य आभासेतु सिंहले सप्तरीमा १ सय २ जना उम्मेदवार मध्ये ७ जना महिला मात्र राजनीतिक दलको टिकटबाट उम्मेदवार बन्नु सरकारी नीतिमा कमजोरी भएको धारणा राखेकी छिन् । उनले सरकारले प्रत्यक्षतर्फ महिलाहरुको लागि आरिक्षत सिट घोषणा नगरेसम्म राजनीतिक दलको प्राथमिकतामा महिला उम्मेदवार नपर्ने बताइन् ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले महिला प्राथमिकतामा नपर्नु समावेशी र राजनीतिक दलको सिद्धान्त अनुकुल नभएको बताउछिन् । उनले राजनीतिक दलहरु भित्र व्यक्तिवादी सोच हावी भएको कारण पं्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएको तर्क राखिन् ।
सप्तरीमा २०४८ पछि भएको प्रतिनिधिसभा निर्वाचनमा बि.स.२०५६ सालमा राप्रपा र २०६४ मा तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल (हाल जसपा नेपाल) की नेतृ रेणु यादव चुनाव जित्ने एकमात्र महिला हुन् ।
यसअघि बि.स. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. १ बाट जसपा नेपालका नवल किशोर साह, २ बाट जनमत पार्टीका अध्यक्ष डा सिके राउत, ३ र ४ बाट नेपाली काँग्रेसका क्रमशः दिनेश कुमार यादव र तेजुलाल चौधरी गरी चारै जना पुरुष उम्मेदवार निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको चार वटै क्षेत्रमा गरी कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता छन । जस मध्ये महिला मतदाताको संख्या २ लाख १३ हजार २ सय ८३ रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ