News Category 2082/10/13
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
सप्तरीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
जिल्लामा तीन पार्टीका केन्द्रिय अध्यक्षसहित १ सय २ जना ल स्उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । त्यसमा एक जना मधेश प्रदेशका पूर्वमुख्यमन्त्री र लगातार तिन पटक प्रनिधिसभा सांसद रहिसकेका सम्म चौथो पटक जित निकाल्न चुनावी रणभुमीमा होमिएका छन् ।
विशेषगरी सप्तरी क्षेत्र नं २ मा स्वाभिमान पार्टीबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह, जनमत पार्टीका अध्यक्ष एवं निवर्तमान सांसद डा. सीके राउत, जसपा नेपालबाट पूर्व सिंचाईमन्त्री उमेशकुमार यादव, पुर्व मन्त्री समेत रहेका राष्ट्रिय मुक्ति पार्टीका अनिस अंसारी, नेकपाका केन्द्रिय नेता एवं पुर्व सांसद सुर्यनाथ यादव, नेपाली काँग्रेसका जिल्ला उपसभापति रामकुमार यादव, तथा रास्वपाबाट ई. रामजी यादव चुनावी प्रतिस्पर्धामा उत्रिएपछि कसले बाजी मार्ला ? भन्ने आमजनता माझ चासोको विषय बनेको छ । यस क्षेत्रमा ३४ जना उम्मेदवार कायम रहेका छन् ।
यस्तै निर्वाचन क्षेत्र नं १ मा दुईजना विगतको निर्वाचनमा गरि दुई पटक तथा एक जना एक पटक पराजित भइसकेका उम्मेदवारहरु आफ्नो पहिलो जितको सुनिश्चितताका लागि चुनावी मैदानमा छन् । नेकपा एमालेका केन्द्रिय नेता एवं पुर्व राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल र नेपाली काँग्रेस सप्तरीका सभापति समेत रहेका रामदेव साह दुई पटक र जनमत पार्टीका केन्द्रिय नेता डा. जयकान्त राउत एक पटक पराजित भएका थिए । उनीहरु तीनैजना आफ्नो पहिलो जितको निकाल्न चुनावी मैदानमा होमिएका हुन् । यस्तै सोही क्षेत्रमा नेकपाका रबिन्द्र चौधरी, स्वाभिमान पार्टीका सुमित साह र रास्वपाका पुष्पा चौधरी लगायतका उम्मेदवार पहिलो पटक चुनावी मैदानमा उत्रेका छन् । स्वाभिमान पार्टीका उम्मेदवार साह पुर्व मन्त्री नवलकिशोर साहका पुत्र हुन् । यसअघिको निर्वाचनमा सुमितका वुवा साह यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा २१ जना उम्मेदवार कायम छन् ।
यस्तै क्षेत्र नं. ३ मा जसपा नेपालका अध्यक्ष एवं पुर्व उप–प्रधानमन्त्री उपेन्द्र यादव चुनावी मैदानमा छन् । उनलाई नेपाली काँग्रेस सप्तरीका पूर्वसभापति तथा निवर्तमान सांसद दिनेश कुमार यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले कडा टक्कर दिने देखिएको छ । जस कारण यस क्षेत्रको पनि चुनावी माहोल निकै तातिएको छ । जसपा नेपालका अध्यक्ष यादव यसअघि क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछी उपनिर्वाचनमा बाराबाट निर्वाचत भएका थिए । र अहिले उनी पुनः सप्तरी नै रोजेका छन् । यसले गर्दा पनि यस क्षेत्रमा पनि निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सहसचिव गजेन्द्र मंडल र रास्वपाका युवा नेता अमरकान्त चौधरी समेत गरी २२ जना उम्मेदवार छन् ।
क्षेत्र नं ४ मा जितको ह्याट्रिक लगाइसकेका निवर्तमान युवा तथा खेलकूद मन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली नेता तेजुलाल चौधरी चौथो पटक जित निकाल्न चुनावी मैदानमा उत्रिएका छन् । उनलाई केही दिन अघिमात्रै काँग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएका सीताराम साहले कडा टक्कर दिने स्थानियहरुको भनाई छ । यस्तै उक्त क्षेत्रबाट जसपा नेपालकी नेतृ डा. बबि सिंह यादव समेतले चौधरीलाई टक्कर दिने देखिएको छ । उनी पनि राजनीति परिवेशकै परिवारबाट आएकी छिन् । उनी राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवकी पुत्री हुन् । उक्त क्षेत्रमा जनमत पार्टीबाट जितेन्द्र साह र नेपाली कम्युनिष्ट पार्टीबाट रुवी कुमारी कर्ण सहित २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ