News Category 2082/10/14
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
राजविराज वडा नं. ८ हिमालय टोलमा मंगलबार मध्य राति आधा दर्जन स्थानमा श्रृंखलाबद्ध चोरी भएको छ ।
ती चोरी घट्नामा प्रहरीको घरदेखि साईकल मरम्मत तथा पान र चिया पसलसम्म छन् ।
चोरले राजविराज ८ स्थित सविता माझी, घनश्याम दास तथा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत बरिष्ठ प्रहरी हवलदार परशुराम मंडल लगायतको घरबाट लाखौंको धनमाल चोरी गरी लगेका छन् ।
यस्तै राजविराज ८ स्थित मो. युनुसको साइकल मरम्मत पसल, इनर साहको मनोज पान पसल र विनोद साहको विनोद होटलमा समेत चोरी भएको सम्बद्ध व्यक्ति र परिवारजनले जनाएका छन् ।
सविता माझीको घरबाट सुन र चाँदीका गरगहना गरी तीन लाख, प्रहरी हवलदार परशुराम मंडलको घरबाट सुन चाँदीका गरगहना तथा नगद ९५ हजार गरी करिब १३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको परिवारजनले जनाएका छन् ।
यस्तै घनश्याम दासको घरबाट चाँदीको गरगहना र नगद १५ हजार, मो. युनुसको साइकल मरम्मत पसलबाट १० हजार, मनोज पान पसलबाट ४ हजार तथा विनोद होटलबाट ५ हजार बराबरको धनमाल चोरी भएको सम्बद्ध घरधनी र पसल सञ्चालकले जानकारी दिएका छन् ।
चुनाव नजिकिदा नगरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाई रहेका बेला एकैरात आधा दर्जन घरमा भएको श्रृंखलाबद्ध चोरीको घट्नाले स्थानिय त्रसित भएका छन् ।
उनीहरु प्रहरी गस्ती बढाउन तथा नगरका भित्रि सडकहरुमा समेत निगरानीका लागि सिसिटिभि क्यमरा जडान हुनुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ