News Category 2082/10/14

एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी

दैनिक समाचारदाता

एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी

दैनिक समाचारदाता
राजविराज, १४ माघ । 

    राजविराज वडा नं. ८ हिमालय टोलमा मंगलबार मध्य राति आधा दर्जन स्थानमा श्रृंखलाबद्ध चोरी भएको छ ।
    ती चोरी घट्नामा प्रहरीको घरदेखि साईकल मरम्मत तथा पान र चिया पसलसम्म छन् ।
    चोरले राजविराज ८ स्थित सविता माझी, घनश्याम दास तथा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत बरिष्ठ प्रहरी हवलदार परशुराम मंडल लगायतको घरबाट लाखौंको धनमाल चोरी गरी लगेका छन् ।
    यस्तै राजविराज ८ स्थित मो. युनुसको साइकल मरम्मत पसल, इनर साहको मनोज पान पसल र विनोद साहको विनोद होटलमा समेत चोरी भएको सम्बद्ध व्यक्ति र परिवारजनले जनाएका छन् ।
    सविता माझीको घरबाट सुन र चाँदीका गरगहना गरी तीन लाख, प्रहरी हवलदार परशुराम मंडलको घरबाट सुन चाँदीका गरगहना तथा नगद ९५ हजार गरी करिब १३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको परिवारजनले जनाएका छन् ।
    यस्तै घनश्याम दासको घरबाट चाँदीको गरगहना र नगद १५ हजार, मो. युनुसको साइकल मरम्मत पसलबाट १० हजार, मनोज पान पसलबाट ४ हजार तथा विनोद होटलबाट ५ हजार बराबरको धनमाल चोरी भएको सम्बद्ध घरधनी र पसल सञ्चालकले जानकारी दिएका छन् ।
    चुनाव नजिकिदा नगरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाई रहेका बेला एकैरात आधा दर्जन घरमा भएको श्रृंखलाबद्ध चोरीको घट्नाले स्थानिय त्रसित भएका छन् ।
    उनीहरु प्रहरी गस्ती बढाउन तथा नगरका भित्रि सडकहरुमा समेत निगरानीका लागि सिसिटिभि क्यमरा जडान हुनुपर्ने माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट