News Category 2082/10/15

खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार

दैनिक समाचारदाता

खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागी प्रचार प्रसार सुरु गर्ने मिती फागुन ४ गते देखी १८ गतेसम्म तोकिएको छ । तर उम्मेदवारहरु अहिले देखी नै विभिन्न प्रचार प्रसार गर्ने र मतदाता रिझाउने प्रयासमा जुटेका छन । कुनै एउटा दल नभएर सबै दल यसरी नै प्रचार प्रसारमा व्यस्त छन् । 
    उम्मेदवारहरु अहिले सामूहिक बैठकदेखी घरदैलोमा मात्र नभई खेतवारी र खेलकुद प्रतियोगिता भइरहेको खेलमैदान सम्म पुगेर नमस्कार गर्दै मतदाता रिझाउने प्रयासमा लागिपरेका छन् ।
    तिलाठी कोइलाडी गाउँपालिकामा सम्पन्न साकेतचन्द्र मिश्र स्मृती अन्तराष्ट्रिय कुश्ती प्रतियोगिता चलिरहेकै बेला विभिन्न दलका उम्मेदवार खेल मैदान मै पुगेर दर्शकहरुलाई नमस्कार गर्दै मतमाग्न भ्याए । प्रतियोगिता हेर्न आएका हजारौ दर्शकलाई देखेर उत्साहित भएका कतिपय उम्मेदवार त आचारसहिता विर्सेर आफ्नो पक्षमा मत माग्दै भाषण नै ठोकेको स्थानीवासी दिनेश मण्डलले सुनाए ।
    उनीहरु जस्तै राजविराज १० डुमरीका राम लखन साहले पनि नेताहरु खेतवारी मै आइपुगेको देख्दा अचम्म लागेको बताए । एक उम्मेदवार बारी मै पुगेर मत मात्र मागेनन्, खुट्टा ढोक्दै आर्शिवाद पनि मागे । प्रचार प्रसार सुरु गर्ने मिती अझ दुई साता भन्दा बढी बाँकी छ, तर त्यस अगावै नै विभिन्न पार्टीका नेता÷कार्यकर्ता आ–आफ्नो सवारी साधनमा चुनाव चिन्ह अंकित झण्डा फहराउँदै आप्mनो उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्दै हिडेका छन । 
    सप्तरीमा प्रतिनिधी सभाका चार निर्वाचन क्षेत्रमा ४ लाख ४६ हजार ४ सय २ मतदाता छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट