News Category 2082/10/19
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
पूर्व मन्त्री एवं जनता समाजवादी पार्टी नेपालबाट सप्तरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उमेश कुमार यादवले जेनजीहरुको दुई दिनकै छोटो आन्दोलनले तत्कालिन सरकार ढलेको भएपनि आन्दोलनको भावना अनुसार काम हुन नसकेको टिप्पणी गरेका छन् ।
प्रेस मञ्च सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
भदौं २३ गतेको आन्दोलनमा भएको बर्बर दमनबाट २४ गते विध्वंश भई ह्याइज्याकरहरुले विद्रोह मचाएको बताउँदै यादवले ८० बर्षकी वृद्धा नयाँ प्रधानमन्त्री बन्नु र महानगरपालिकाको मेयरबाट राजीनामा दिदै प्रधानमन्त्री बन्न उद्दत हुँदैमा आन्दोलनको भावना लाई समेटन नसकेको जकिर गरे ।
नेता यादवले संविधानमा नमिलेका कुरा संशोधन वा पुनर्लेखनका माध्यमबाट मिलाउनका लागि संघर्ष गर्न पनि आफुहरुको पार्टीले मत पाउनु पर्ने दावी दोहोर्याए ।
आफू नौ महिनका लागि सिंचाई मन्त्री बन्दा सप्तरी लगायत मुलुक भरीकै लागि अघि बढाएका योजना तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यकालमा भएका विकासिय कार्यक्रमको समेत फेहरिस्त प्रस्तुत गर्दै उनले त्यसप्रति आगामीे निर्वाचनमा जनताले यथोचित मुल्यांकन गर्ने विश्वास व्यक्त गरे ।
प्रेस मञ्च सप्तरीका अध्यक्ष धर्मपाल राउतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलमा सञ्चारकर्मीहरु संगै जसपा नेपालका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ