News Category 2082/10/28
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
राजविराजमा जारि प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा रौतहटले आयोजक सप्तरीलाई ७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा रौतहटले धुनाषसँग भिड्ने छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रौतहटले ३० ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रनको मध्यम योगफल तयार पारेको थियो ।
रौतहटका लागि दानिस अहमदले सर्वाधिक ३८ रनको योगदान दिए भने विजय गुप्ता २०, राहुल यादव १२, बिराट यादव ११ र डब्ली मलिकले १० रन जोडे । सप्तरीका बलर अजय यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएर रौतहटको इनिङ्स धरापमा पारेका थिए । उनलाई पप्पु यादव (बि), अभिषेक कार्की, करण बहादुर बिक, संजिव मण्डल र रोबिन सिंहले समान १÷१ विकेट लिएर साथ दिएका थिए ।
एक सय २८ रनको लक्ष्य पछ्याएको सप्तरीले सुरुवातदेखि नै दबाब खेप्नुपरेको थियो । २८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै सप्तरी १ सय २० रनमै सीमित भयो । रोहन बिकले सर्वाधिक ४४ रन बनाए पनि टोलीलाई जितसम्म पु¥याउन सकेनन् । पप्पु यादव (बि) ले १७ रन बनाउँदा भोला साह र नितेश यादव (बि) ले समान १६÷१६ रनको योगदान दिएका थिए ।
रौतहटका अरबिन्द बैठाले घातक बलिङ गर्दै ५ महत्वपूर्ण विकेट लिएपछि खेल रौतहटको पक्षमा मोडिएको थियो । उनलाई मोहन घिमिरेले ३ विकेट लिएर बलियो साथ दिए भने राजेश यादव र रियाज शेखले १÷१ विकेट हात पारे । उत्कृष्ट प्रदर्शनका लागि अरबिन्द बैठा ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
उता बाराको कलैयामा जारी दोस्रो सेमिफाइनल खेलमा धनुषाले बारालाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । प्रतियोगिताको उपाधिका लागि फागुन १ गते बाराको कलैयामा रौतहट र धनुषाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवका अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । यस प्रतियोगिताबाट मधेश प्रदेशको टोली छनोट भई आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ