News Category 2070/02/24
छुट्टाछुट्टै दुर्घटनामा आधा दर्जन घाइते
दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
सप्तरी जिल्लामा बिगत एक महिना यता दैनिक दुर्घटना भइरहेको छ । बिहीबार भएको तीन छुट्टाछुट्टै दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।
जनकपुरबाट राजविराजतर्फ आँउदै गरेको यात्रु बसले दिएको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत पदमा कार्यरत बालाकृष्ण ढुङ्गाना घाइते भएका छन् ।
नागरिकता बितरण टोली कठौनाको प्रमुख समेत रहेका ढुङ्गाना बिहीबार त्यसतर्फ बिहान ९ बजे जाँदै गर्दा रुपनी राजविराज सडक खण्डस्थित रायपुर १ मा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जनकपुरबाट राजविराज तर्फ आउँदै गरेको ज१ख ६५६ नम्बरको बसले ठक्कर दिँदा स२प २४०६ नम्बरको मोटरसाइकलमा सवार ढुङ्गाना दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् घाइते भएका ढुङ्गानाको दाहिने हात भाँच्चिएको छ । उनलाई प्रारम्भिक उपचार पश्चात् बिराटनगर पठाइएको छ ।
राजविराज–भारदह सड्क खण्ड अन्तर्गत बभनगामाकट्टी ३ मा एक मोटरसाइकल माइक्रोसँग ठोक्किंदा दुई जना घाइते भएका छन् ।,
राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको को.१ च २५५३ नम्बरको माइक्रो बस र विपरित दिशावाट आउँदै गरेको स.३ प ८३९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बभनगामाकट्टी ३ निवासी वर्ष २१ का धिरेन्द« यादव र पछाडि सबार सोही ठाउँका बर्ष १६ का सन्तोष यादव घाइते भएका छन् ।
दाहिने खुट्टा र दाहिने हातमा चोट लागेका धिरेन्द्रको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि धरान पठाइएको छ भने सन्तोषको राजविराजस्थित सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै पन्सेरा ७ स्थित पूर्व–राजमार्गमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा तीन जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३० प १३३३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ आउँदै गरेको बा. २२ प. ६७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
उक्त दुर्घटनामा परी बा. २२ प ६७१७ नम्बरको मोटरसाइकल चालक सप्तरीको पन्सेरा ६ निवासी विजय चौधरी र पछाडि सवार सोही ठाउँका मिठु चौधरी तथा बा. ३० प १३३३ नम्बरको मोटरसाइकलमा पछाडि सवार झापाको धरमपुर ८ बस्ने वर्ष ३० को भुवन राई घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि सिरहाको लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ