News Category 2072/04/25
विभिन्न माग राख्दै मुक्ति मोर्चाद्वारा ज्ञापन
दैनिक संवाददाता
राजविराज, २४ साउन ।
संविधान सभाबाट विभेद रहित सर्वपक्षिय हितकर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लगायत विभिन्न माँगहरु अघि सार्दै आम मुलनिवासी मुक्ति मोर्चाले आईतबार ज्ञापन पत्र बुझाएको छ ।
राजविराजस्थित राजरंगशालाको प्राङ्गणबाट निकालिएको बिरोध ¥याली नगरको विभिन भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव मार्फत संविधान सभाका अध्यक्ष तथा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका हुन ।
बुुझाईएको ज्ञापन पत्रमा सिमाकंन, नामाकंन सहितको तीन प्रदेश तराई मधेश प्रदेश, पहाडी प्रदेश र हिमाली प्रदेश कायम गर्नुपर्ने, नेपाली मुस्लिम सामुदायद्वारा संचालित मस्जिद, मदरसा, वनाथ, मर्कज, कब्रिस्तान, इदगहहरुलाई राष्ट्रिय मान्यता दिलाई छात्रछात्रा, मोलाना, हाफिज इमामहरुलाई समेत नेपाल सरकारको कानुन बमोजिम मान्यता दिलाई त्यस्ता संगठनमा कार्यरत सम्पुर्ण कर्मचारीलाई नेपाल सरकारको निजामती कर्मचारी सरह नै सुविधाको संवैधानिक तथा सुरक्षाको व्यवस्था गर्नुपर्ने, भुमिहिन सुकुम्बासीहरुलाई गाँस, बास, कपासको व्यवस्था गर्नुपर्ने, विभेदकारी नागरिकता निति खारेज गरी सच्याउँनुपर्ने लगायतका माँगहरु अघि सारीएको छ ।
त्यस्तै जातीय जनसंख्याको आधारमा पुर्ण समानुपातिक आरक्षण हुनुपर्ने, संवैधानिक राष्ट्रिय मुस्लिम आयोग कायम गर्नुपर्ने, धर्म निरपेक्ष राष्ट्र कायम गर्नुपर्ने, उत्पीडित दलित, मुस्लिम, महिला, अपाङ्ग, मूलनिवासीहरुलाई सामाजिक, आर्थिक, प्रशासनिक, राजनैतिक, कुटनितिक तथा प्रादेशिक क्षेत्रहरुमा जनसंरक्षणको आधारमा पुर्ण समानुपातिक अवसर दिई साथै सोको लागि दलित, मुस्लिम, महिला, अपाङ्ग, तेश्रो लैङ्गिक तथा मुलनिवासी प्रतिष्ठान मन्त्रालय, विश्व विद्यालयको व्यवस्था गर्नुपर्ने माग ज्ञापन पत्र मार्फत गरीएको छ ।
यस्तै समानुपातिक प्रतिनिधित्व ९० प्रतिशतलाई सय प्रतिशत मानि ८० प्रतिशत मुलनिवासी दलित, मुस्लिम, जनजाती, आदीवासी, पिछडावर्ग तथा सम्पुर्ण अल्पसंख्यक जात जातीलाई एक सय वर्ष सम्मको लागि आरक्षणको संवैधानिक व्यवस्था गर्नुपर्ने तथा बौद्ध धर्मालम्वीहरुको गुम्बा, इस्लाम धर्मालम्वीहरुको मस्जिद, क्रिसचन धर्मालम्वीहरुको चर्च, कविर धर्मालम्वीहरुको कविर भवन र जैन तथा गुरुनानक धर्मालम्वीहरुको गुरुद्धारलाई संरक्षण तथा सम्वद्र्धनको संवैधानिक व्यवस्था गर्नुपर्ने माँग गरीएको छ ।
सो ज्ञापन पत्र बुझाउँने कार्यक्रममा आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लाम, केन्द्रिय उपाध्यक्ष झब्बर प्रसाद राम, केन्द्रिय सचिव राज कुमार मण्डल, केन्द्रिय सदस्यद्वय जगजीवन राम, रुन्दी राम सहित जिल्ला देखि गाविस स्तरसम्मका सयौ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र बुझाएर पुन नगरपरिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ