News Category 2070/04/21
माओवादीको चुनावी अभियान जारी
दैनिक संवाददाता
राजविराज, २० साउन ।
‘‘पहिचान सहितको संघीयता,संघीयता सहितको संबिधान संबिधानसभाबाटै संबिधान निर्माणका लागि जनसम्बन्ध अभियान” भन्ने नाराका साथ एकिकृत नेकपा माओवादीले शुरु गरेको एक महिने चुनावी अभियानलाई आईतवार पनि सप्तरीमा निरन्तरता दिएको छ ।
माओवादी सप्तरी क्षेत्र नम्बर ३ को आयोजनामा आईतवार जिल्लाको देउरी भरुवा र फर्सैठ गाविसमा चुनावी अभियान सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रभु साहले संघीयता सहितको संबिधान संबिधानसभाबाटै निर्माणका लागि माओवादीले अभियान शुरु गरेको बताउनु भयो ।
कार्यक्रममा माओवादी माओवादी ३ नम्बर क्षेत्रीय संयोजक भागवत यादव, मिथिला राज्य समितिका सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका संयोजक केदार देव, मिथिला राज्य समिति सदस्यहरु हिरण्य गुप्ता, कलाम खाँ, बिनोद यादव लगायतले बोल्नु भयो ।
यसैगरी चुनावी अभियान अन्तर्गत सप्तरीको क्षेत्र नं. १ अन्तर्गत पर्ने तेरहौता, बसबिट्टी र सितापुर गाविसमा पनि चुनावी अभियान कार्यक्रम सम्पन्न भएको छ ।
तेरहौ गाविसका गाउँ कमिटी अध्यक्ष छोटेलाल रजकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माओवादीका केन्द्रीय सदस्य हकिकुल्ला खाँ, माओवादी क्षेत्र नं. १ का संयोजक प्रदीप बस्नेत, मिथिला राज्य समिति सदस्य बद्री सदा लगायतले चुनावी अध्ययन बारे बोल्नु भयो ।
त्यसैगरी क्षेत्र २ मा पर्ने महदेवा गाविसमा पनि आईतवार चुनावी अभियान कार्यक्रम सम्पन्न भएको छ । महदेवा गाउँ कमिटीका अध्यक्ष जयनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रीय सल्लाहकार सदस्य सत्यनारायण भगत, क्षेत्र नम्बर २ का संयोजक बसन्त मण्डल, मिथिला राज्य समिति सदस्य राजेन्द्र प्रताप साह लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ